एनआरएनए अमेरिकाको अध्यक्षमा बुद्धि सुवेदी बिजयी

अमेरिका । एनआरएनए एनसीसी अमेरिकाको २०२१–२३ का लागि भएको निर्वाचनको भर्खरै प्राप्त नतिजा अनुसार अध्यक्षमा बुद्धि सुबेदी ५ हजार ६ सय १८ मत प्राप्त गरि बिजय भएका छन् ।

उनले आफ्ना निकटतम प्रतिद्वन्दी कृष्ण लामिछानेलाई ३ सय ८५ मतको अन्तरमा पराजित गर्दै जित हासिल गरेका हुन् । कृष्ण लामिछानेले ५ हजार २ सय ३३ मत प्राप्त गरेका छन् । अध्यक्षको प्रतिस्पर्धामा रहेका डाक्टर अर्जुन बन्जाडेले ४ हजार १ सय ४८ मत प्राप्त गरि तेस्रो बन्न पुगेका छन् । त्यस्तै अध्यक्षका दौडमा रहेका तीलक केसीले ५ सय ६७ मत प्राप्त गरि कान्छो उपविबेजेता बन्न पुगेका छन् ।

बरिष्ठ उपाध्यक्षमा लामिछाने समुहका कृष्णजीवी पन्तले ६ हजार ८ सय ५० मत प्राप्त गरि विजय भएका छन् । उप विजेतामा सुवेदी समुहका बीआर लामाले ५५६३ मत प्राप्त गरेका छन् । उपाध्यक्षहरुमा बुद्धि सुवेदी समूहकै सुमन थापा, दिलु पराजुली, गोपेन्द्र भट्टराई र लामिछाने समुहका विकास उप्रेती बिजय भएका छन् । महिला उपाध्यक्षमा दिक्षा बस्नेत बिजय भएकी छन् ।

त्यस्तै महासचिवमा सुवेदी समूहकै अन्जान चौलागाई विजयी भएका छन् । चौलागाईले ६ हजार ३ सय १२ मत प्राप्त गरि विजय भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी बिनोद भट्टले ५ हजार १ सय ४५ मत प्राप्त गरे । कोषाध्यक्षमा रकेट साइनटिष्ट राजिव श्रेष्ठ ८ हजार ८ सय ८ मत ल्याएर बिजय भए । त्यस्तै सचिवमा सुवेदी समुहका अनुप खनाल , महिला सचिवमा सुनिता कडेल , युवा संयोजकमा त्रिभुवन पाण्डे, महिला संयोजकमा सुन्दरी गुरुङ विजयी भए ।

१७,जेष्ठ.२०७८,सोमबार १२:३१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्