राष्ट्रियसभा उपनिर्वाचनमा विपक्षी गठबन्धनतर्फका उम्मेदवार दीर्घनारायण पाण्डे विजयी

रुपन्देही । लुम्बिनी प्रदेशसभाअन्तर्गत रिक्त राष्ट्रियसभा उपनिर्वाचनमा विपक्षी गठबन्धनतर्फका उम्मेदवार दीर्घनारायण पाण्डे विजयी भएका छन् ।

पाण्डेले चार हजार १४० मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्दी नेकपा एमालेका चन्द्रबहादुर खड्काले तीन हजार ३६१२ मत प्राप्त गरे ।

कांग्रेसका नेता पाण्डेलाई नेकपा माओवादी केन्द्र, जसपा उपेन्द्र पक्ष, राष्ट्रिय जनमोर्चाको समर्थन थियो ।

१७,जेष्ठ.२०७८,सोमबार १६:३३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्