काठमाडौँ । नेप्सेमा दोस्रो सर्किट ब्रेक लागेर शेयर कारोबार ४० मिनेटको लागि स्थगित भएको...

पुरा पढ्नुहाेस्

आगो लगाएर घरभित्रै मार्न खोजिएका आमा छोरीको उद्धार, दुवै जनाको सम्पुर्ण उपचार खर्च सरकारले व्यहोर्ने

6.51K
shares
khanepani bord

काठमाडौं । बन तथा वातावरण मन्त्री प्रेम बहादुर आलेको पहलमा हेलिकोप्टरबाट उद्दार गरेर काठमाण्डौ‌ ल्याइएका आमा छोरीको उपचार नेपाल सरकारले गर्ने भएको छ ।

आफ्नै श्रीमानले घर भित्र थुनेर आगो लगाएर मार्न खोजिएका आमा छोरीको डोटीबाट नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरेर उपचारका लागि काठमाडौं पुर्याएको छ । दुवै जना जलेर घाइते भएपछि उनिहरुलाई तत्काल उपचारका लागि डोटीकै राजपुरस्थित सुजङ अस्पतालमा पुर्याएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि सोमबार घाइतेलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरेर काठमाडौंको कीर्तिपुर अस्पतालमा पुर्याएर उपचार अघि बढाइएको गृह मन्त्रालयले एक विज्ञप्ती मार्फत जानकारी दिएको हो ।

जेठ १२ गते राती डोटीको आदर्श गाउँपालिका ४ रोडीका सन्तोष भाटले आफ्नो श्रीमती लक्ष्मी भाट र छोरी अन्जु भाटलाई सुतिरहेको अवस्थामा कोठामा आगो लगाइ ज्यान मार्न खोजेका थिए । आमा छोरी सुतेको कोठाको बाहिर पट्टीबाट प्रज्वलनशील पदार्थ कोठा भित्र खन्याएर झ्यालबाट उनका श्रीमानले आगो लगाएका थिए ।

घाइतेको उपचारमा लागेको सम्पूर्ण खर्च नेपाल सरकारले व्यहोने र यस घटनामा संलग्न व्यक्तिमाथी कानून बमोजिम कडा भन्दा कडा कारवाही गरिने मन्त्रालयले जनाएको छ । मन्त्रालयले सोमबार साँझ एक विज्ञप्ती जारी गर्दै लक्ष्मी भाट तथा उनका छोरी अन्जु भाटको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै आगमी दिनमा यस प्रकारका घटना हुन नदिन गृह मन्त्रालयल कटिबद्ध रहको मन्त्रालयका प्रवक्ता जनकराज दाहाले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

IME
khanepani