संवैधानिक इजलासका न्यायाधीशहरु यथावत, मुद्दा सुनुवाइअघि न्यायाधीशको आउने राय

काठमाडौं । प्रतिनिधिसभा विघटन र संविधानको धारा ७६ (५) बमोजिम सरकार गठनको माग गर्दै परेका रिटमाथिको सुनुवाइ आज पुनः शुरु हुँदैछ ।

संवैधानिक इजलासका दुई न्यायाधीश बमकुमार श्रेष्ठ र तेजवहादुर केसीको सम्बन्धमा विपक्षी गठबन्धनका कानून व्यवसायीले प्रश्न उठाए पनि इजलास पूरानै कायम भएको छ ।

सोमवार दिनभर न्यायाधीशहरु छलफलमा बसे पनि दुई न्यायाधीशले झगडीयाले भनेका भरमा इजलास नछाड्ने अडान लिएका छन् । त्यस्तै इजालसमा रहेका अन्य दुई न्यायाधीश दिपककुमार कार्की र आनन्दमोहन भट्टराईले आज के गर्छन् ? त्यो भने चासो विषय भएको छ ।

दुई न्यायाधीशले प्रश्न उठेपछि इजलास छाड्नुपर्ने सुझाव उनीहरुले दिएको बताइन्छ । सोमवार ९ जना न्यायाधीशरुको बैठकले पनि कार्की र भट्टराईले स्वविवेकमा निर्णय लिनुपर्ने ठहर गरेको थियो ।

विवादकै कारण सोमवार संवैधानिक इजलामा रहेका दुई न्यायाधीश केसी र श्रेष्ठको सन्दर्भ कुनै आदेश आएको थिएन । आजको इजलासमा सबैभन्दा पहिले यही विषय छिनोफानो भएर अरु प्रक्रिया अघि बढ्ने बताइन्छ ।

१८,जेष्ठ.२०७८,मंगलवार १०:४४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्