वैधानिक इजलासबाट बाहिरिए दीपक कार्की र आनन्दमोहन भट्टराई

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासका दुई बरिष्ठतम न्यायाधीश दिपक कार्की र आनन्दमोहन भट्टराई बाहिरिएका छन् ।

तेजबहादुर केसी र बमकुमार श्रेष्ठले विपक्षी वकिलले इजलासमा बस्न नमिल्ने जिकिर गरेपछि विवाद चलिरहेका बेला न्यायाधीशद्वय इजलासबाट बाहिरिएका हुन् ।

आजको इजलास शुरु हुनासाथ आदेश सुनाउँदै उनीहरुले भने–माननीय न्यायाधीशहरुले हामीले मुद्दा हेर्न मिल्छ भन्ने राय दिनुभएको छ । उहाँको रायका विषयमा हामीलाई केही भन्नु छैन ।

आदेश सुनाउँदै वरिष्ठतम न्यायाधीश दिपक कार्कीले भने, ‘इजलासको यही संरचनाबाट अगाडि बढ्दा न्यायिक निष्पक्षता कायम रहन्छ भन्नेमा ढुक्क हुने अवस्था नरहेकोले इजलासबाट अलग हुने जानकारी गराएका छौं ।’

१८,जेष्ठ.२०७८,मंगलवार १३:४२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्