काठमाडौँ । ‘प्रगतिशील लोकतन्त्र, उन्नतिशील राष्ट्र’ नारासहित प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले यही फागुन...

पुरा पढ्नुहाेस्

पार्टी हित विपरित काम गरेको आरोपसहित उपेन्द्र यादवलाई निष्कासन गर्ने महन्थ ठाकुर पक्षको निर्णय

5.71K
shares
khanepani bord

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ ।

यादव पक्षबाट ठाकुरसहित चार नेतालाई निष्कासनको निर्णय केही घण्टा अगाडि गरेका थिए । लगत्तै, ठाकुर पक्षको बैठकबाट यादवलाई निष्कासन गर्ने निर्णय भएको हो । ‘उपेन्द्र यादवलाई निष्कासनको निर्णय भएको छ ।’, जसपाका नेता केशब झाले भने ।

जसपामा एकले अर्कोलाई हटाएको वक्तव्य जारी गरिरहेका छन । दुवै पक्षले एकले अर्कोलाई पार्टी निर्णय विपरीत लागेको आरोप लगाएका छन् ।

IME
khanepani