दोलखा । दोलखाको तामाकोशी गाउँपालिका–४ स्थित मालुम मतदान केन्द्रमा निर्वाचन हुन नसकेपछि मतदान स्थगित...

पुरा पढ्नुहाेस्

संबैधानिक इजलासबाट बाहिरिएका दुई न्यायाधीशले भने, ‘न्यायाधीश अविश्वासिला भए भने न्याय विश्वासिलो हुन नसक्ने’

5.85K
shares
khanepani bord

काठमाडौं । आफ्ना सहकर्मी न्याायधीशमाथि प्रश्न उठेपछि सर्वोच्च अदालतको संवैधानिक इजलासबाट दुई वरिष्ठतम न्यायाधीश दीपक कार्की र आनन्दमोहन भट्टराई संबैधानीक इजलासबाट वाहिरीएको बताएका छन ।

बाहिरिनुअघि उनीहरूले आफ्नो राय पनि दिएका छन् । उनीहरूले न्यायाधीश अविश्वासिला भए भने न्याय विश्वासिलो हुन नसक्ने बताएका छन् । संसद विघटनसम्बन्धी मुद्दामा सुनुवाइका लागि गठित संवैधानिक इजलासमा रहेका न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठमाथि विपक्षी अधिवक्ताहरूले प्रश्न उठाएका थिए । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गर्ने फैसला गरेकाले यो मुद्दा हेर्न नमिल्ने तर्क उनीहरूको थियो ।

‘न्यायाधीश अविश्वासिला भए भने न्याय विश्वासिलो हुन सक्दैन,’ कार्की र भट्टराईले लिखित रूपमा दिएको रायमा भनिएको छ, ‘हामीहरूले अनुशरण गरेको न्यायाधीशहरुको आचारसंहिताले कुनै विवादको निष्पक्ष निरुपण गर्न नसक्ने भएमा इजलासबाट अलग रहनुपर्छ त भन्छ नै, सो भन्दा अघि बढेर यसले एउटा ‘विवेकशील पर्यवेक्षक’ को दृष्टिमा विवाद निरुपण गर्दा न्यायाधीशले निष्पक्ष भई निर्णय गर्न नसक्ने अवस्था छ भन्ने देखिने आशंकाको स्थिति भएमा न्यायाधीशले त्यस्तो विवादको सुनुवाइ वा न्याय निरुपण गर्नबाट आफूलाई अलग रहनुपर्छ पनि भन्छ।’

न्यायाधीशमाथि पुर्वाग्रहको आशंका समेत हुन नहुने उनीहरुको तर्क छ । ‘संहिताले निष्पक्षतामा आशंका गरिने स्थिति हुनु मात्रलाई पनि मुद्दाको न्याय सम्पादनबाट न्यायाधीश अलग रहनको लागि पर्याप्त कारण र आधार मानेको छ,’ न्यायाधीशद्वयले भनेका छन्, ‘अर्को शब्दमा, न्यायाधीश पुर्वाग्रही नदेखिनु पर्ने मात्र होइन, एउटा विवेकशील पर्यवेक्षकको दृष्टिमा उसको कार्यमा पुर्वाग्रहको आशंका हुनुहुँदैन । न्यायाधीशको व्यवहारलाई ‘एउटा विवेकशील पर्यवेक्षक’ले सधैँ चिहाइरहन्छ।’

दुईवटा मुद्दाको बीचमा सार्थक सम्बन्ध हुने वा नहुनेले मात्र इजलासमा बस्ने या नबस्ने भन्ने कुरा निर्धारण नहुने उनीहरूको भनाइ छ। ‘न्यायाधीशलाई मुद्दा हेर्नबाट अलग रहन अनुरोध गर्ने पक्षले पूर्वाग्रह होइन, पूर्वाग्रहको आशंका छ भनी स्थापित गरे पनि पुग्छ,’ रायमा भनिएको छ, ‘न्यायाधीशको निष्पक्षता आशंकामा परेको छ वा छैन भन्ने कुराको हेक्का न्यायाधीश आफैंले राख्ने हो। त्यसैले यो दुईवटा मुद्दाको बीचमा सार्थक सम्बन्ध हुने वा नहुने मात्र कुरा होइन भन्ने हामीलाई लाग्दछ ।’ भनेर राय राखेका छन ।

IME
khanepani