चौधरी उद्योगग्रामको बियर प्लान्टमा आगलागी

काठमाडौं । पूर्वी नवलपरासीको देवचुली नगरपालिका २ मा अवस्थित चौधरी उद्योग ग्राममा आगलागी भएको छ । उद्योगको बियर प्लान्ट र गोदाममा आगलागी भएको हो ।

उद्योग प्रशासन प्रमुख दामोदर पौडेलले बुधबार बिहान ८ः२० बजेबाट आगो लाग्न सुरु गरेको र अहिले नियन्त्रण बाहिर रहेको बताए ।

उनले भने, ‘दमकल, नेपाली सेना, प्रहरी र कर्मचारीहरुको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ ।

उनले आगलागीको कारण अहिले थाहा नभएको पनि बताए ।

१९,जेष्ठ.२०७८,बुधबार १०:२३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्