पौडी खेल्ने क्रममा ताप्लेजुङको सिदिङ्वाका १९ वर्षीय दिनेश चौहानको मृत्यु

ताप्लेजुङ । पौडी खेल्ने क्रममा ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेका १९ वर्षीय दिनेश चौहानको मृत्यु भएको छ । काबेली खोलामा मङ्गलबार पौडी खेल्ने क्रममा बेपत्ता उनको शव आज बिहान ७ः०० बजेतिर फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले बेपत्ता युवकको शव फेला परेका बताए । मङ्गलबार पौडी खेल्ने क्रममा सिरिजङ्घा–२ आम्बेगुदिन र सिदिङ्वा–६ मेहेले जोड्ने काबेली खोलास्थित निर्माणाधीन पुल नजीकबाट दिनेश बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

१९,जेष्ठ.२०७८,बुधबार १३:२५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्