माधव नेपाल पक्षले बोलायो एमाले केन्द्रीय कमिटी बैठक

काठमाडौं । नेकपा एमालेबाट निष्कासित माधव नेपाल पक्षले केन्द्रीय कमिटी बैठक बोलाएको छ ।
बैठक पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बोलाएको नेपाल पक्षका स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले जानकारी दिए ।

भोलि ११ बजेलाइ बोलाइएको बैठक भर्चुअल रुपमा बस्नेछ । केही नेता पार्टीलाई जेठ २ मा फर्काउन संस्थापन पक्ष संग वार्तामा रहेको भनिएका बेला नेपाल पक्ष भित्र असन्तुष्टि चुलिएको छ।

आज भएको नेपाल पक्षका जनबर्गिय संगठनका अधिकान्श नेतृत्वले अलग पार्टी खोल्न दवाव दिएका थिए । केन्द्रीय कमिटीबाट यसबारे औपचारिक निर्णय लिने ठानिएको छ।

१९,जेष्ठ.२०७८,बुधबार २०:३५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्