काठमाडौं । चुनाबको मिति नजिकिदै गर्दा कर्मचारीहरुले मन्त्री र प्रधानमन्त्रीका कुरा सुन्न र उनीहरुका...

पुरा पढ्नुहाेस्

नेपाली कांग्रेस बैधानीक संकटमा फस्नु अगाडि महाधिबेशन गर्न सभापतिलाई रामचन्द्र पौडेलको तिब्र दवाव

5.63K
shares
khanepani bord

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन प्रक्रिया सुरू गर्न वरिष्ठ नेता रामचन्द्र पौडेलसहित उनी पक्षका केन्द्रीय सदस्यले सभापति देउवालाई दवाव दिइरहेका छन ।

कोरोना महामारी रहिरहे पनि पूर्वनिर्धारित समय भदौ ७ देखि १० गतेसम्म महाधिवेशन गर्न सकिने पौडेल पक्षको भनाइ छ।

यसबारे पौडेलसहित उनी पक्षका केन्द्रीय सदस्यले बुधबार भर्चुअल रूपमा छलफल गरेका थिए।

सभापति शेरबहादुर देउवालाई पार्टी महाधिवेशनको प्रक्रिया थाल्न पौडेल पक्षले दबाब दिन लागेको हो। अहिलेसम्म ६१ जिल्लामा क्रियाशील सदस्यता वितरण र नवीकरणका काम सकेर सफ्टवेयरमा इन्ट्रीसमेत भइसकेको छ।

सिन्धुपाल्चोक, सप्तरीलगायत केही जिल्लामा क्रियाशील वितरण नै सकिएको छैन भने अरू जिल्लामा क्रियाशीलको विवरण केन्द्रीय सफ्टवेयरमा इन्ट्री गरिँदैछ।

पौडेलले विबादरहित क्रियाशील सदस्यबाटै १४ औं महाधिवेशन गर्न सकिने बताएका छन्। उनले यसअघि १३ औं महाधिवेशनकै महाधिवेशन प्रतिनिधिले केन्द्रीय कार्यसमिति चुन्नुपर्नेजस्ता विकल्प दिएका थिए।

कांग्रेसमा अहिले ७ लाख ६१ हजारभन्दा बढी क्रियाशील सदस्य पुगिसकेका छन्। ७७ जिल्लामै क्रियाशील वितरण सकिने हो भने यो संख्या करिब १० लाख पुग्छ।

पूर्वनिर्धारित तालिकाअनुसार नै महाधिवेशन गर्नका लागि सभापति देउवासँग कुरा गर्न पौडेल पक्षले महामन्त्री शशांक कोइरालालाई जिम्मेवारीसमेत दिएको स्रोतको भनाइ छ।

सभापति देउवाको नियमित चार वर्षे कार्यकाल सकिएर थपेको डेढ वर्ष पनि भदौसम्म मात्रै छ। अब देउवाले कार्यकाल थप गर्न विधान र संविधानले नै रोक्छ। त्यसैले पार्टीलाई संकटतर्फ धकेल्नबाट बचाउन भदौमै महाधिवेशन गर्नुपर्ने पौडेल पक्षको भनाइ छ।

यसबारे सभापति देउवाले पनि महाधिवेशन गर्ने बताएका छन्। देउवाले महाधिवेशन नगरेर कलंकको टीका आफूले नलगाउने बताउँदै आएका छन्। महाधिवेशन गर्दा नयाँ क्रियाशील सदस्यबाटै गरिनुपर्ने र त्यसका लागि सबैको सहमति र साथ चाहिने देउवाले केहीदिन अगाडि आयोजित पार्टीको भर्चुअल कार्यक्रममै भनेका थिए।

साथै पार्टीको सूचना, प्रविधि तथा प्रचार विभागले पनि प्रविधिकै माध्यमबाट भए पनि महाधिवेशन गर्न सम्भव रहेको बताएको छ।

IME
khanepani