बागलुङ । बागलुङ क्षेत्र नम्बर १ का उम्मेदवारहरुले एउटै सार्वजनिक मञ्चमार्फत् आफ्ना चुनावी एजेण्डा...

पुरा पढ्नुहाेस्

माधव समूहको बैठकमा वार्ताकार नेताले भने, “ओलीले अल्मल्याउन खोज्दैछन् तर पार्टी फुटाउन हतार नगरौं”

5.81K
shares
khanepani bord

काठमाडौं । नेकपा (एमाले) बाट निष्कासित माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठकमा नेताहरुले वार्ताका नाममा अध्यक्ष केपी शर्मा ओलीले आफूहरुलाई ‘खेलाउन खोजेको’ निष्कर्ष निकालेका छन्।

पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न भर्चुअल माध्यामबाट जारी रहेको केन्द्रीय कमिटी बैठकमा संस्थापन पक्षसँग संवादमा नेताहरुले ओलीले वार्तालाई दाउपेचका रुपमा प्रयोग गरेको ‘ब्रिफिङ’गरेका छन् ।

पार्टीलाई जेठ २ मै फर्काउन पहल गर्ने भन्दै नेपाल पक्षका नेताहरू सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र योगेश भट्टराई पछिल्ला केही दिनदेखि संस्थापन पक्षसँग वार्तामा थिए ।

वार्ताबारे नेता सुरेन्द्र पाण्डले बैठकमा नेताहरूलाई ब्रिफिङ गर्दै ओलीले आफू कमजोर भएका बेला संवादको कुरा गरेर अलमल्याउन कोसिस गरेको र वार्ताबाट खासै उपलब्धी हासिल नभएको बताएका थिए ।

‘ओलीजीले वार्तामा बसौं भन्नुभयो, हामी पार्टी मिल्छ भने संवाद गर्दैमा केही ब्रिगदैन भनेर बस्यौं तर उहाँहरुले यसलाई दाउपेचका रूपमा मात्रै प्रयोग गर्न खोज्नु भयो,’ पाण्डेको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने ।

वार्तामा बसेका नेताहरुको ब्रिफिङ सुनेपछि वरिष्ठ नेता झलनाथ खनालले आफ्नो भनाइ राखेका थिए । खनालले अझै केही समय ओलीविरुद्ध संघर्ष गर्नुपर्ने र पार्टी फुटाउन हातार गरिहाल्न नहुने बताएका थिए ।

बैठकमा सहभागी अन्य केन्द्रीय सदस्यहरूले पनि अझै केही समय ‘केपी ओली प्रवृत्तिविरुद्ध’ पार्टीभित्रै रहेर संघर्ष गर्नुपर्ने र नयाँ पार्टी गठनमा हतारो नगर्न नहुने राय दिएका छन् ।

IME
khanepani