सांसद पद गुमाएका राष्ट्रिय जनमोर्चाका थापाले दिए सर्वोच्चमा रिट

काठमाडौं । गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले आफ्नो सांसद पद कायम राख्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

उनले आफूले पार्टी नछोडेको र ह्वीप पनि उल्लंघन नगरेको भन्दै विना आधार पार्टीले कारबाही गरेको भनी सांसद पद कायम राख्न माग गर्दै रिट दिएका हुन् । उक्त रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।

राष्ट्रिय जनमोर्चाले थापालाई पार्टीबाट निष्कासन गरेको पत्र प्रदेशसभा सचिवालयमा दिएपछि बिहीबारको प्रदेशसभा बैठकमा सभामुख नेत्रनाथ अधिकारीले थापा निष्कानसमा परेको जानकारी गराएका थिए । त्यसपछि थापा सांसदबाट पदमुक्त भएका थिए ।

२१,जेष्ठ.२०७८,शुक्रबार १५:४० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्