सर्वोच्चको पूर्णबैठकले गरेन नियमावली संशोधन, यसअघिकै रोष्टरबाट विघटन सम्बन्धी मुद्दाको सुनुवाइ

काठमाडौं । संवैधानिक इजलास गठन सम्बन्धी नियमावली संशोधन नगरी सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) को बैठक टुंगिएको छ ।

सर्वोच्च अदालतका सबै २० जना न्यायाधीशको बैठकले एक साताभित्र संवैधानिक इजलास वरिष्ठताका आधारमा गठन गर्ने विषयमा प्रधानन्यायाधीश र सर्वोच्च बारबीच छलफल भएको थियो । तर, फुलकोर्टले सो आवश्यक नदेखेको र यसअघिकै रोष्टरबाट प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दा सुनुवाइका लागि आइतवार इजलास गठन हुने भएको छ ।

बैठकले सर्वोच्च अदालतका काम काम कारवाही र सेवा प्रवाहका सम्बन्धमा यसअघिको बैठकका निर्णयलाई निरन्तरता दिने निर्णय गरेको छ ।

२१,जेष्ठ.२०७८,शुक्रबार १५:४१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्