काठमाडौं । विश्वको सबै भन्दा ठूलो र करिव २१२ राष्ट्रमा आफ्नो संजाल फिजाउन सफल सामाजिक संस्था लायन्सको नेपाल शाखा गम्भीर संकटमा फसेको छ ।
यहाँ अन्य क्षेत्रको जस्तै क्षमता, योग्यता, इमान्दारीता, कार्यकौशलता र आपसी सहमति र सहकार्यलाई भन्न्दा संख्या र भिडको आधारमा नेतृत्व छनोट प्रक्रियाले, यो संस्था नेपालमा आगामि दिनमा कसरी अगाडि बढ्न सक्ला भन्ने चिन्ता लायन लिडरहरुलाई थपिदिएको छ ।
यस संस्थाले विश्वमा रहेका लायन्सहरुलाई गोलबन्द गर्दै, आपसी सहमतिमा नेतृत्व छनोट प्रक्रिायलाई केबल बाहुबलका आधारमा नेतृत्व छनोट प्रक्रिया अगाडि बढाउने प्रयास नेपालमा भएको छ । यसले नेपालका लायन्सहरुको दुुरर्दशीता, आपसी छलफल र सहमतिका आजसम्मका प्रक्रियालाई क्रमभङ नगर्ला भन्न सकिदैन । अहिलेको यो प्रयासले नेपाली लायन्सहरुको कार्यक्षमतालाई समेत प्रश्न चिन्ह्र अडा गरिदिएको छ ।
अबका दिनमा नेपालको अन्तर्राष्ट्रिय निर्देशक छनोटमा जसरी विगतको सहमतिलाई भोटको संख्याको आधारमा जुनखालको चलखेललाई अगाडि बढाउने प्रयास भएको छ, यसले नेतृत्वतहमा आगामि दिनमा लायन्सवादको नेपाली यात्रालाई समेत पूर्ण विराम नलगाउला भन्न सकिदैन । त्यसैले नेतृत्वमा रहेका लायन्स लिडरहरुले सुझबुझ र अहमतालाई नत्याग्ने हो, भने लायन्सका आगामि दिन झन जटिल हुने छन ।
विश्वका २१२ राष्ट्रलाई मिलाएर नेतृत्वमा जाने लिडरहरुको त यो हविगत छ भने, जिल्ला र क्लव लेबलमा के होला सहज अनुमान लगाउन सकिन्छ ? यसै विषयमा एक लायन लिडर भन्छन, ‘अब नेपालको लायनवाद यसै गरि अगाडि बढ्ने हो भने, नेपालको पूर्व र पश्चिमको अर्थात भारत र पाकिस्तान जस्तै हुन्छ । त्यसैले समय हुँदै लायन लिडरहरुले सुझबुझले काम गर्नु जरुरी भइसकेको छ ।’
लायन्स क्लव नेपालका जोर्नालिष्टका यज्ञ ढकाल र योगेन्द्र भन्छन, ‘लिडर छनोटमा ध्यान दिनु पर्ने हुन्छ, यदि यसै गरि लिडर छनोट बाहुबलमै जाने होे, नेपालको लायन्सवादको भविष्यमै पूर्ण विराम लागेमा वर्तमान लिडरहरुले जिम्मा लिनु पर्ने हुन्छ ?’
प्रतिक्रिया दिनुहोस्