काठमाडौं । पूर्व प्रधानन्यायधिश भएको मानिस जान जानी संविधान मिचेर प्रधानमन्त्री भएको भन्दै एमाले...

पुरा पढ्नुहाेस्

सिराहामा औषधि व्यवसायीलाई गोली प्रहार, व्यवसायीका आफन्त पक्राउ

5.98K
shares
khanepani bord

सिराहा । सिराहामा गोली प्रहारबाट एक जना औषधि व्यवसायी घाइते भएका छन्।

मिर्चैया नगरपालिका वडा नम्बर ४ मा अज्ञात समूहले शनिबार बेलुकी गोली चलाउँदा मेडिकल सञ्चालक करिब ४२ वर्षका सामसागर साफी घाइते भएका हुन्।

साफीमाथि दुइटा गोली लागेको छ। बायाँ तीघ्रा र बायाँ हातमा गोली लागेको प्रहरीले जनाएको छ।

उनको मंगलम् अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको अस्पताललाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घरायसी विषयमा गोली चलेको देखिन्छ।

‘घरायसी विषय देखिएकोले दुई जना आफन्त नियन्त्रणमा लिएर थप अनुसन्धान जारी छ,’ एसपी हीराबहादुर पाण्डेले भने, ‘घाइते साफीकै दाजुभाइ पर्नेलाई पक्रेर अनुसन्धान गरिएको छ।’

khanepani