राष्ट्रिय एकता, अखण्डताप्रति पूर्ण प्रतिवद्ध छु,आफ्नो भनाई बङ्ग्याएर र गलत अर्थ लाग्ने गरी प्रचारप्रसारः उपप्रधानमन्त्री महतो
वि.सं.२०७८ जेठ २३ आइतवार ०८:१८
shares

काठमाडौं । उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री राजेन्द्र महतोले राष्ट्रिय एकता र अखण्डताप्रति आफू पूर्ण प्रतिवद्ध रहेको बताएका छन्।
मन्त्री भएलगत्तै शुक्रबार कार्यभार सम्हाल्दै उनले बहुल राज्यको कुरा उठाएका थिए।
मन्त्री महतोको भनाइलाई लिएर चौतर्फी आलोचना भएको थियो।
गए राति मन्त्री महतोले प्रेस विज्ञप्ति निकालेर आफ्ना भनाइ बङ्ग्याएर र गलत अर्थ लाग्ने गरी प्रचारप्रसार भएकोमा ध्यानाकर्षण भएको उल्लेख गरेका छन्।
महतोले संविधानमा आफूहरूका असंतुष्टी रहेकोले संशोधनका लागि कार्यदलमा आफ्ना धारणा राख्ने पनि बताएका छन्।
‘म राष्ट्रिय एकता, अखण्डता र राष्ट्रिय एकताप्रति पूर्ण प्रतिवद्ध रहेको छु। यसबारेमा कसैलाई अन्यथा भ्रम नरहोस् भन्ने म प्रष्ट पार्न चाहन्छु,’ उनले भनेका छन्।
यस्तो छ विज्ञप्ति





















