
काठमाडौं । महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका प्रहरी नायव उपरीक्षक डीएसपी दीपक खड्का कारबाहीमा परेका छन् ।
प्रहरी आचरणविपरीत कार्य गरेको भन्दै महानगरीय प्रहरी कार्यालय रानीपोखरीले खड्कालाई नसियद दिएको हो ।
एसपी थापालाई आइतबार नै काठमाडौं प्रहरी परिसर टेकुमा तान्ने महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।
काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिहंले पनि डीएसपी खड्कालाई कारबाही गरिएको पुष्टि गरेका छन् । ‘हामीलाई पनि कारबाहीको जानकारी आएको छ, एसएसपी सिंहले बताए ।
डीएसपी खड्काको कार्यसम्पादनमा महानगरीय प्रहरी परिसरले पनि प्रश्न उठाउँदै आएको थियो ।
प्रतिक्रिया दिनुहोस्