
काठमाडौं । समाजवादी विद्यार्थी युनियनले यो सरकार असंवैधानिक र असफल भएकाले सबै ठाउँबाट अस्वीकार गर्न आह्वान गरेको छ । युनियका केन्द्रीय अध्यक्ष रुपनारायण श्रेष्ठले वक्तव्य जारी गर्दै संवैधानिक सरकार गठनको संघर्षमा एकताबद्ध हुन समेत अपिल गरेका हुन् ।
अध्यादेशबाट ल्याइएको बजेटले अर्थतन्त्रलाई झन् कमजोर बनाएको विज्ञप्तिमा उल्लेख छ । युनियनले पेट्रोलियम पदार्थ, खाद्यन्न लगायतको महँगी र मूल्यबृद्धिप्रति आपत्ति समेत जनाइएको छ ।
कोरोनाका कारण आक्रान्त श्रमजीवी मजदुर वर्गलाई कुनै राहत छैन । हामीले तिरेको करबाट उठेको राजस्व दोहन गर्न मात्रै व्यस्त छ । यस्तो कुरा जनता मारा सरकारलाई हामीले किन सरकार मान्ने ?, विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्