काठमाडौँ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानका जनतालाई तानाशाहीबाट मुक्त गराउने प्रयासमा केन्द्रित रहेको...

पुरा पढ्नुहाेस्

संवैधानिक इजलासमा पुनः विवाद, सरकार पक्षका वकिल हाले ११ जना न्यायाधीश विरुद्ध निवेदन पेस

5.86K
shares
khanepani bord

काठमाडौं । प्रतिनिधिसभा विघटन र संविधानको धारा ७६ को उपधारा ५ वमोजिम सरकार गठनका सन्दर्भमा परेका रिटहरुमाथिको सुनुवाइ गर्न गठित संवैधानिक इजलासमाथि फेरि प्रश्न उठेको छ ।

अधिवक्ता राजाराम घिमिरेले संवैधानिक इजलासमा आज समेटिएकासहित रोष्टरमा रहेका ११ जना न्यायाधीशले यो मुद्दा हेर्न नमिल्ने भन्दै निवेदन पेस गरेका छन् ।
संसदीय सुनुवाइबाट आएका र कल्याण श्रेष्ठ र सुशीला कार्की प्रधानन्यायाधीश तथा न्यायपरिषद् अध्यक्ष हुँदा नियुक्त भएका न्यायाधीशलाई इजलासमा राख्न नमिल्ने भनी अधिवक्ता राजाराम घिमिरेले पेस गरेको रिट समेत इजलासमा गएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले घिमिरेलाई निवेदन फिर्ता लिन भन्दै निवेदन फिर्ता नलिने हो भने अदालतको मानहानीमा मुद्दा चलाउने चेतावनी दिएका छन् ।

घिमिरे पनि संवैधानिक इजलासमा जारी मुद्दामध्येका एक रिट निवेदक हुन् । जुन संसदीय सुनुवाईबाट आएका हुन् त्यही समितिका सांसद समेत रिट निवेदक भएकाले उनीहरुले मुद्दा हेर्न नमिल्ने र कल्याण श्रेष्ठ तथा सुशीला कार्कीले सडकबाटै फैसला गरिसकेकाले उनीहरुले नियुक्त गरेका न्यायाधीशको निष्पक्षतामाथि प्रश्न उठ्ने जिकिर घिमिरेको छ ।

IME
khanepani