कोरोना ५० जनाको परीक्षण गर्दा २२ जनामा संक्रमण पुष्टि बाल सुधार गृहमा

विराटनगर । क्षमताभन्दा चार गुणा बढी बालक राखिएको विराटनगरको बाल सुधार गृहमा कोरोना संक्रमण फैलिएको छ । १९३ जना बालक राखिएको सुधार गृहमा कोरोना संक्रमण फैलिएको हो ।

सुधार गृहका प्रमुख मिलन चौहानका अनुसार हालसम्म २५ जना बालकमा कोरोना संक्रमण पुष्टि भएको छ । सुधार गृहमा जेठ २ गते एक बालकमा संक्रमण पुष्टि भएको थियो । त्यसपछि लक्षण देखिएका दुई बालकको परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको थियो ।

जेठ १३ गते संक्रमितको सम्पर्कमा आएका ५० जनाको पीसीआर परीक्षण गर्दा थप २२ जनामा संक्रमण पुष्टि भएको हो । तर एकै पटक २२ जनामा संक्रमण पुष्टि भएपन त्यसपछि अन्यको भने पीसीआर गरिएको छैन ।

स्रोतका अनुसार सुधार गृहभित्र रहेका बालकहरुमा ज्वरो र खोकीको लक्षण देखिएको छ । तर प्रशासनले जेठ १३ गते यता पीसीआर परीक्षण नै गराएको छैन । ‘जेठ १३ गते संकलन गरिएको नमुनाको रिपोर्ट १७ र १८ गते मात्रै आयो,’ चौहानले भने, ‘अन्य बालकहरुको पनि पीसीआर गर्ने तयारी भइरहेको छ ।

उनका अनुसार संक्रमित बालकलाई विराटनगर महानगरपालिकाले सञ्चालन गरेको आइसोलेसनमा राखिएको छ । चार जना बालकलाई उपचारका लागि अदालतको आदेशपछि आफन्तको जिम्मा लगाइएको छ ।

सुधार गृहका प्रमुख चौहानका अनुसार गृहको क्षमता ५० जना मात्रै हो । तर क्षमताभन्दा करिब चार गुणा बढी १९३ जना बालकलाई राखिएको छ । क्षमताभन्दा धेरै भएका कारण एउटै कोठामा २५ जनासम्म बालकहरुलाई राखिएको छ ।

प्रदेश १ मा विराटनगरमा मात्रै सुधार गृह छ । प्रदेशका १४ वटै जिल्लाका बालविज्याईकर्तालाई अदालतको आदेशपछि विराटनगरमा ल्याएर राखिन्छ । ‘क्षमताभन्दा चार गुणा बढी छन्, व्यवस्थापन गर्न गाह्रो छ, चौहान भन्छन्, ‘पहिले प्रयोगमा नभएका कोठाहरु प्रयोगमा छन्, एउटा कोठामा २५ जनासम्म बस्छन् ।

सुधार गृहमा १४ देखि १८ वर्ष उमेर समूहका बालकहरु छ

२३,जेष्ठ.२०७८,आईतवार १३:१४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्