काठमाडौँ । प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि...

पुरा पढ्नुहाेस्

राउटे युवतीमाथि दुर्व्यवहार : दोषीलाई हदैसम्मको कारबाही गर्न गुराँस गाउँपालिकाको माग

5.58K
shares
khanepani bord

सुर्खेत । दैलेखको गुराँस गाउँपालिकाले राउटे समुदायका दुई युवतीहरूमाथि भएको यौन दुर्व्यवहारको घोर भर्त्सना गरेको छ ।

गाउँपालिकाले राउटे समुदायलाई परिचयपत्र उपलब्ध गराइ संरक्षण समेत गर्दै आइरहेको छ । आइतबार विज्ञप्ति जारी गर्दै गाउँपालिकाले घटनामा संलग्न दोषीलाई वास्तविकता छानबिन गरी हदैसम्मको कारबाही गर्न माग गरेको हो ।

फिरन्ते जीवन बिताइरहेका राउटे समुदायका युवतीसँग एक होटलको बन्द कोठामा अश्लील क्रियाकलाप गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भइरहेकोप्रति गाउँपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ, गाउँपालिकाका अध्यक्ष खेमराज वलीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

घटनामा संलग्न होटल सञ्चालक गुर्भाकोट नगरपालिकाका विनोद पुन, चमन घर्ती जोगी र भुपेन्द्र बुढामाथि तत्काल अनुसन्धान गरी हदैसम्मको कारबाही गर्न माग गरिएको छ ।

IME
khanepani