काठमाडौं । काठमाडौं–मन्थली बस सेवा अनिश्चितकालका लागि बन्द भएको छ । काठमाडौं–मन्थली चल्ने अरनिको...

पुरा पढ्नुहाेस्

मन्त्री चौधरीले भनिन् ‘सरकारको नीति तथा योजनालाई कार्यान्वयन गर्नु नै मेरो पहिलो प्राथमिकता’

5.82K
shares
khanepani bord

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरीले सरकारले यसअघि नै बनाएका नीति तथा योजनालाई कार्यान्वयन गर्नु आफ्नो प्राथमिकता रहेको बताएकी छिन् ।

आइतबार मन्त्रालयमा आफ्नो कार्यभार सम्हाल्दै मन्त्री चौधरीले सरकारले बनाएका नीति तथा योजना जुन कार्यान्वयन हुन सकेका नसकेको भन्दै ती नीति तथा योजनालाई कार्यन्वयन गर्नु आफ्नो पहिलो प्राथमिकता भएको बताइन् ।

उनले महिला, बालबालिका तथा जेष्ठ नागरिकले सरकारबाट पाउनुपर्ने सेवा सुविधालाई छिटो र सहज रुपमा दिलाउन पहल गर्ने पनि बताइन् ।

उनले महिला, बालबालिका, जेष्ठ नागरिक तथा एकल महिलाले राज्यबाट पाउने सुविधा कतिपय स्थानिय निकायको ढिलासुस्तीले गर्दा समयमै नपाएको गुनासोहरु भएको भन्दै आफ्नो सेवा प्रवाहलाई चुस्तदुरुस्त राख्न आग्रह पनि गरिन् ।

उनले भनिन्, ‘मेरो कार्य योजना, नीतिगत कामहरु त छदैँछ । तर कस्तोलाई प्राथमिकता दिने, धेरै योजना बनाएर मात्रै होइन, जुन बनेको योजनालाई पनि कसरी सकारात्मक रुपले त्यो समस्यालाई समाधान गर्ने, धेरै योजनाहरु बनाउँछौ तर कार्यान्वयन हुन्छ कि हुँदैन त्यसमा जोड दिन जरुरी छ ।

म विश्वास दिलाउँछु, जुन नीतिहरु बनिसकेको छ । कार्यान्वयन भईसकेको छैन । त्यसमा बढी जोड दिएर कार्यान्वयन गराउने छु ।

मन्त्री चौधरीले समाजमा रहेका विभिन्न कुरीति अन्त्यका लागि ५ वर्षीय रणनीतिक कार्ययोजनाको फाइल सदर गरेर कार्यभार सम्हालेकी हुन् । कार्यभार सम्हाल्दै उनले देशमा विद्यमान दाइजो प्रथा र बालविवाह अन्त्यका लागि काम गर्ने पनि बताइन् ।

IME
khanepani