काठमाडौं । जेनजी आन्दोलनमा भएको दमन र भोलिपल्टको विध्वंशबारे जाँचबुझ गर्न गठित आयोगले दुई...

पुरा पढ्नुहाेस्

मन्त्री पद गुमेपछि झोला बोकेर सरकारी निवासबाट बाहिरिए जितेन्द्र सोनल

5.85K
shares
khanepani bord

जनकपुरधाम । प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्रीबाट बर्खास्तीमा परेका जितेन्द्र सोनलले सरकारी निवास ‘मधेस भवन’ छाडेका छन् ।

बर्खास्तमा परेको भोलिपल्ट सोमबार विहानै नबित्दै सोनलले सरकारी निवास छाडेका हुन् । उनले ‘मधेस भवन’बाट शुटकेस बोकेर मोटरसाइकल चढेर बाहिरिएका छन् । सोनल झोला बोकेर सरकारी निवासबाट बाहिरिएको तस्बिर सामाजिक संजालमा राखेर उनका स्वकीय सचिव रमेश सर्राफले लेखेका छन्, ‘मधेसका बेटा हार नहीं मानेगा ।’

मन्त्री सोनलले सरकारी गाडी पनि फिर्ता गरेका छन् । आफूलाई मन्त्री बनाउने अध्यक्ष महन्थ ठाकुर तथा नेताहरुप्रति कृतज्ञताका साथै मन्त्री पदमा रहँदा सहयोग गर्नेहरुलाई धन्यवाद ज्ञापन गरेका छन् । उनले अगामी दिनमा मधेस र प्रदेशका हितमा काम गरिरहने प्रतिबद्धतासमेत जनाएका छन् ।

जसपा केन्द्रको विवादका कारण अध्यक्ष उपेन्द्र यादव पक्षका मुख्यमन्त्री लालबाबु राउतले हिजो साँझ महन्थ ठाकुर पक्षका मन्त्री सोनल र तीन राज्यमन्त्रीलाई बर्खास्त गरेका हुन् । राज्यमन्त्रीहरु भने डेरा बापत रकम लिई भाडाका घरमा बस्दै आएका थिए ।

IME
khanepani