प्रधानन्यायाधीश विरामी परेपछि संवैधानिक इजलास स्थगित

काठमाडौं । प्रतिनिधिसभा विघटन र संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनको माग गर्दै परेका रिटमाथि सुनुवाइ गर्न गठित संवैधानिक इजलासको विवाद चलिरहेका बेला आज इजलास नबस्ने भएको छ ।

शेरवहादुर देउवासहितका रिट निवेदकको मुद्दाको सुनुवाइ आज स्थगित भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा विरामी परेका कारण आज संवैधानिक इजलास गठन हुन नसकेको सर्वोच्च स्रोतले जनाएको छ ।

अब बुधवारमात्र संवैधानिक इजलास बस्ने भएको छ ।

२४,जेष्ठ.२०७८,सोमबार १०:२८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्