हिमगंगा उच्चमावि साँघुटारकि पूर्व शिक्षीका शुशिलाको निधन

काठमाडौं । हिमगंगा उच्चमावि साँघुटारमा लामो समय अध्यापन पेश गरेर केहि महिना अगाडि निवृत्त हुनु भएकि गुणकेशरी (शुशिला) उदासको कोरोना संक्रमणका कारण आइतवार राती निधन भएको छ ।

उहाँको रामेछाप जिल्ला अस्पताल, धुलिखेल अस्पताल र ओम अस्पतालमा उपचार गर्ने प्रयास गरिएको थियो । उहाँको ओम अस्पतालमा गयराती निधन भएपछि राती नै पशुपति आर्यघाटमा परिवारका सदस्यले अन्तिम संस्कार गरेका छन ।

उहाँले अध्यापन गराएका विद्यार्थीहरुले उनीहरुकै शब्दमा दिएका श्रद्धाञ्जलिले पनि विगत झल्काउने काम गर्दछ । यस विद्यालयले यसै वर्ष दुई जना पूर्व शिक्षकहरुलाई गुमाएको छ । केहि समय अगाडि प्र.अ रामबहादुर महतको पनि कोरोनाकै कारण निधन भएको थियो भने हिजो उदासको निधन भएको छ ।
उहाँको पार्थिक शरिरलाई उहाँकि कान्छी छोरी र श्रीमानले दागबत्ती दिनु भएको छ । उहाँका श्रीमान र चार छोरीहरु छन ।
उहाँको पार्थिक शरिरलाई पूर्व शिक्षक राजकुमार श्रेष्ठ, समाजसेवीहरु उज्जनकुमार श्रेष्ठ र कल्पना श्रेष्ठ, प्रकाशकुमार राई, मनोज बज्राचार्य र यज्ञ ढकालले पशुपति आर्यघाटमै पुगेर श्रद्धाञ्जलि दिएका थिए ।

२४,जेष्ठ.२०७८,सोमबार १०:५३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्