बागलुङ । बागलुङ क्षेत्र नम्बर १ का उम्मेदवारहरुले एउटै सार्वजनिक मञ्चमार्फत् आफ्ना चुनावी एजेण्डा...

पुरा पढ्नुहाेस्

कोरोनाको तेस्रो लहरसँग जुध्न सातै प्रदेशमा बालबालिका अस्पताल स्थापना गरिने

5.58K
shares
khanepani bord

काठमाडौं । (कोभिड १९) महामारीको बढ्दो जोखिमसँग जुध्न सरकारले सातै प्रदेशमा बालबालिकाको उपचार गर्न छुट्टै स्थानमा अस्पताल र आईसीयू निर्माण गर्ने भएको छ ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित भर्चुअल पत्रकार सम्मेलनमा नवनियुक्त स्वास्थ्य मन्त्री शेरबहादुर तामाङले उक्त जानकारी दिएका हुन् । ‘सबै प्रदेशमा अस्पताल स्थापना र आईसीयू व्यवस्थापन गर्न तयारी गरेका छौं’ उनले भने ।

आफू मन्त्री भएर मन्त्रालयमा आइसकेपछि नागरिकको जीवन रक्षा मुख्य प्राथमिकता रहेको बताउँदै मन्त्री तामाङले कोरोनाविरुद्ध युद्ध लड्ने आफ्नो मुख्य कार्यभार रहेको समेत बताए ।

कोरोनाको तेस्रो लहर आउनुअघि नै सरकारले आवश्यक स्वास्थ्य सामाग्री जुटाउन पहल गरिरहेको उनले जनाए ।

IME
khanepani