काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले स्वास्थ्य बीमा कार्यक्रमलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा...

पुरा पढ्नुहाेस्

“विवश नागरिक “

6.49K
shares
khanepani bord

“विवश नागरिक ”
किनकी
हे साथी, तिमी त फेरी शक्तिशाली भयौ रे !!!
म त येही आफन्त र छिमेकिको सेवामा जुटेको छु |
आँखा बाट झरे को मुसलधारे पानीको
नुनिलो स्वाद लिन बाध्य भएको छु |

हाम्रो द्रब्यले किनेको तिम्रो गाडी
कुद्दा अचम्म लाग्छ मलाई
चिटिक्क परेको लुगामा
(त्यो पर्दैन, ही ही ही) भनेको सुन्दा
खित्का छोडेर हाँस्न मन लाग्छ मलाई

तर माफ गर्नुस साथी म हाँस्न सक्दिन

किनकी
म अस्पताल, अक्सिजन र अम्बुलेंसको खोज मा छु
हजारौ मित्र संग गुहार माग्दै छु
तपाइको इच्छा पुरा गर्न सय रुपैंया पर्ने औसधी लाई हजारमा खरिद गर्न बाद्यय भएको छु
सामाजिक कार्यको लागि द्रब्यको खोज मा छु
मन गरुङ्गो पार्दै यो टन्टलापुर घाममा एक्लै भौतारिदै यो मुलुकमा असहाय भएको महसुस गरेको छु |

किनकी
म मेरो प्रिय साथीलाई भोट दिने एक इमान्दार नागरिक हुँ |

नडरौनुस न हडबडाउनुस साथी फेरी पनि म भोट हजुर लाई नै टकराउने छु
किनकी
म यो देशको एक शिक्षितमा पर्ने अशिक्षित नागरिक हु |
(सन्तोष बस्न्यात )

IME
khanepani