तरुण नेता तथा युवा व्यावसायि सैलेस श्रेष्ठले गरे निशुल्क भोजन सेवालाई सहयोग

काठमाडौं । कोभिड १९ को नयाँ भेरियन्टको महामारीले मानव जीवनलाई चुनौति दिइरहेको छ । यो महामारीले लाखौ मानिसहरुले जीवन बलिदनन गरिसकेका छन । नेपालमा दोस्रो कोरोनाको दोस्रो लहरसँगै सरकारले निषेधाज्ञा जागि गरेपछि यतिबेला सबै यसको असरबाट प्रभावित भएका छन ।

यो कोरोनाको महमारिमा गरिब दिनदुखिको सेवामा लायन्स फुडबैंक अन्तर्गत निशुल्क भोजन तथा सुत्केरी वृद्ध बृद्धा अपांगता भयकाहरुको लागि केही राहत होस भनी नेपाल तरुण दलका नुवाकोट जिल्लाका केन्द्रिय सदस्य ,समाजसेवी तथा युवा व्यावसायि सैलेश श्रेष्ठले रु २० वीस हजार सहयोग स्वरुप प्रदान गरेका छन । भोलिका दिनहरुमा पनि केही आवश्यक भए ढुक्क भएर सहयोग माग्न समाजसेबी श्रेष्ठले लायन्स क्लब अफ काठमाडौ न्यू स्मार्ट सिटिकि प्रेसिडेन्ट तथा सामाजिक अभियान्ता संगीता शर्मालाई आग्रह गरेका छन ।

लायन्स क्लब अफ काठमाडौ न्यू ग्रीनसिटी र न्यू स्मार्ट सिटिको सयुत्त आयोजना फुडबैक मात्र नभएर मेडिसिन बैंक पनि सन्चालनमा आयको र निशुल्क भोजन सेवा, खाध्यन्न बितरण तथा गाउँ गाउँमा स्वास्थ सामाग्री समेत पुर्याइएको अभियान्ता शर्माले बताइन।

यस अभियानमा लायन्स क्लब अफ काठमाडौ न्यू ग्रीनसिटिका चार्टर प्रेसिडेन्ट तथा रिजन चियरपर्सन लायन इन्द्र ब कार्की तेसैगरी ग्रीनसिटिका कोषाध्यक्ष तथा पर्यटन ब्यससायी राजेन्द्र भट्ट , लायन्स क्लब अफ काठमाडौ न्यू स्मार्ट सिटिका चार्टर्ड प्रेसिडेन्ट तथा सामाजिक अभियान्ता संगीता शर्मा , स्मार्ट सिटिका प्रथम उपाध्यक्ष तथा युवा व्यावसायि यम प्रसाद श्रेष्ठ , स्मार्टसिटि कोशाध्यक्ष नमुना श्रेष्ठ , हिरा कुमारी श्रेष्ठ र धुर्व प्रसाईंको उपस्थित रहेको थियो।

२५,जेष्ठ.२०७८,मंगलवार ०९:२८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्