काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय...

पुरा पढ्नुहाेस्

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत दिने माधव पक्षको निर्णय, ओली पक्ष असहमत

5.46K
shares
khanepani bord

धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको बहुमत पक्षले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

पार्टी निर्णयविपरित माधव नेपाल पक्षले वहुमतका आधारमा निर्णय गरेपछि केपी ओली पक्षका ७ सांसदले असहमति जनाएका छन ।

एमालेका २४ जनामध्ये लिलाधर भट्ट, रतन थापा, पठानसिंह बोहोरा, गेल्वुसिंह बोहोरा, माया तामाङ बोहोरा र वलदेव रेग्मी र नेपालु चौधरीले निर्णयमा हस्ताक्षर गर्न अश्वीकार गरेका छन् ।

माधव पक्षले बहुमतका आधारमा निर्णय गरेर मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेपछि अब एमाले संसदीय दल विभाजित भएको छ ।

एमालेले सरकारमा सहभागी मन्त्रीहरुलाई पार्टीले कारवाही प्रक्रिया अघि बढाएको छ । ५२ सदस्यीय प्रदेश सभामा माओवादीका १३ र कांग्रेसका १२ सांसद छन् भने जसपाका २ जना सांसद छन् ।

IME
khanepani