
एजेन्सी । फिफा विश्वकप २०२२ कतार अन्तर्गत दक्षिण अमेरिकन छनोटमा अर्जेन्टिना अर्को खेलमा बराबरीमा रोकिएको छ।
अर्जेन्टिनालाई बुधबार विहान सकिएको खेलमा कोलम्बियाले २-२ गोलको बराबरीमा रोकेको हो।
अर्जेन्टिनाले खेलको तेस्रो मिनेटमै अग्रता लिएको थियो। उसका लागि रोमेरोले गोल गरेका थिए।
आठौं मिनेटमा परेडेसले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे।
पहिलो हाफमा १-० गोलले पछि परेको कोलम्बियाले ५१ मिनेटमा पेनाल्टीमार्फत गोल फर्कायो।
कोलम्बियाका लागि मुरियलले गोल गरे। अर्जेन्टिनाका ओटामेन्डीले कोलम्बियाका उरिबेलाई फल गरेपछि पेनाल्टी दिइएको थियो।
६ मिनेटमा थपिएको इन्जुरी टाइमको चौथो मिनेटमा कोलम्बियाले बराबरी गोल फर्काउन सफल भयो। उसका लागि बोर्जाले गोल गरे।
दक्षिण अमेरिकन छनोटमा अर्जेन्टिना अपराजित रहे पनि तेस्रो खेलमा बराबरीमा रोकिएको हो।
अंक तालिकाको दोस्रो स्थानमा रहेको अर्जेन्टिनाले ६ खेलबाट १२ अंक जोडेको छ। शीर्ष स्थानको ब्राजिलको ५ खेलबाट १५ अंक छ। ब्राजिलले अहिले पाराग्वेसँग खेलिरहेको छ।
प्रतिक्रिया दिनुहोस्