मोरङमा प्रहरीले पेस्तोल र गोलीसहित दुईजनालाई पक्राउ

काठमाडौं । मोरङमा प्रहरीले पेस्तोल र गोलीसहित दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा केराबारी गाउँपालिका ९ देवीझोडाका ५१ वर्षीय गणेश लिम्बु र बेलबारी नगरपालिका २ लालभित्तिका ४१ वर्षीय पदमकुमार लिम्बु रहेका छन् ।
बेलबारीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई मंगलबार साँझ पक्राउ गरेको हो ।

गणेशको घरमा खानतलासी गर्दा एउटा कटुवा पेस्तोलका साथै ३०३ राइफलको ५ थान गोली, गोली लोड गर्ने २ थान चचार, एक थान पेस्तोलको गोली बरामद गरिएको प्रहरीले जनाएको छ । पदमकुमारको साथबाट एउटा खुकुरी, चक्कु बरामद गरिएको छ ।

उनीहरु दुवैजनालाई हातहतियार तथा खरखजना कसुरमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

२६,जेष्ठ.२०७८,बुधबार ११:२२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्