त्रिशूली नदीमा डुबेर चार युवा बेपत्ता

धादिङ । बूढीगण्डकी र त्रिशूली नदीमा डुबेर चार युवा बेपत्ता भएका छन् ।

धादिङको ज्वालामुखी गाउँपालिकाका २ का २२ वर्षीय सुवास नेपाली, दिनेश नेपाली र १९ वर्षीय सन्तोष नेपाली छन् । बूढीगण्डकी नदी किनारको पशुपति थानको घाटमा मलामी गएर फर्किँदा नुहाउने क्रममा उनीहरू डुबेर हराइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीले बताए ।

मंगलबार दिउँसो सवार ३ बजे नदीमा बेपत्ता भएका उनीहरूलाई प्रहरी, स्थानीयवासीको टोलीले खोजी गरिरहेको छ ।

यसैगरी गजुरी गाउँपालिका वडा नम्बर १ स्थित त्रिशूली नदीमा माछा मार्न गएका सिद्धलेक ६ का २८ वर्षीय रामबहादुर विसंखे जाल हान्ने क्रममा लडेर नदीमा बेपत्ता भएका छन् ।

२६,जेष्ठ.२०७८,बुधबार १४:२५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्