मुख्यमन्त्री गुरुङलाई जसपा र जनमोर्चाले विश्वासको मत नदिने

पोखरा । जनता समाजवादी पार्टी जसपा र राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशसभाका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई विश्वासको मत नदिने भएका छन् ।

मुख्यमन्त्री गुरुङले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावबारे धारणा राख्दै जसपा सांसद हरिशरण आचार्यले आफ्नो पार्टी प्रस्तावको विपक्षमा उभिने बताए । त्यस्तै राष्ट्रिय जनमोर्चाकी सचेतक पियारी थापाले पनि मुख्यमन्त्री गुरुङलाई विश्वासको मत नदिने स्पष्ट पारिन् ।

राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभामा ३ सांसद छन् । जसमध्ये सांसद कृष्णबहादुर थापाले पार्टीको निर्देशन नमान्ने र गुरुङलाई सहयोग गर्ने बताइसकेका छन् । गण्डकी प्रदेशसभामा जनता समाजवादी पार्टीका २ जना सदस्य रहेका छन् ।

२७,जेष्ठ.२०७८,बिहीबार १४:३३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्