काठमाडौँ । विश्वका धनी प्रविधि उद्यमी एलन मस्कले आफ्नो कृत्रिम बुद्धिमत्ता कम्पनी एक्सएआईमार्फत चन्द्रमामा...

पुरा पढ्नुहाेस्

प्रहरी भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

5.66K
shares
khanepani bord

रुपन्देही । दाङको राप्ती गाउँपालिका २ लालमटियामा प्रहरीको भ्यानले ठक्कर दिँदा एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ ।

काठमाडौंबाट जिल्ला प्रहरी कार्यालय बाँके जाँदै गरिएको लु अ च ५३३४ नम्बरको प्रहरीको भ्यानले बिहीबार राति करिब १२ बजे भे १ प ८४२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

मोटरसाइकल चालकको पहिचान खुलेको छैन । इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक भुवन भट्टले मृतकको पहिचान खुल्न बाँकी रहेको बताए ।

मोटरसाइकल चालक करिब २५ वर्षका युवक हुन् । गाडीसँग ठोक्किएर मोटरसाइकल सडक छेउको बिजुलीको पोलमा ठोक्किएको प्रहरीको दावी छ ।

IME
khanepani