सभामुखसँग नेताहरुको वैठक सकियो, विपक्षी नेताहरु छुट्टै छलफलमा

काठमाडौं । सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय वैठक सकिएको छ । वैठक सकेर सभामुख निस्केका छन् भने विपक्षी नेताहरू बेग्लै छलफलमा जुटेका छन् ।

संसद विघटनपछि उत्पन्न परिस्थिति र आगामी रणनीतिबारे छलफल गर्न सभामुखले बैठक डाकेका हुन् । वैठकबाट निस्केका सभामुखले पत्रकारसँग कुनै प्रतिक्रिया दिएनन् ।

सभामुखसँगको वैठकपछि कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, एमाले नेता माधवकुमार नेपाल, जसपाका उपेन्द्र यादव र डा. बाबुराम भट्टराईबीच छलफल चलिरहेको छ ।

२८,जेष्ठ.२०७८,शुक्रबार १६:४८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्