कर्मचारीलाई छोडेर फर्केको कोष तथा लेखा नियन्त्रण कार्यालयको जिप दुर्घटना हुँदा चालकको मृत्यु
वि.सं.२०७८ जेठ २९ शनिवार १४:५८
shares

काठमाडौं । प्यूठानको खलंगामा सरकारी जिप दुर्घटना हुँदा शनिबार एक जनाको मत्यु भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय प्यूठानका अनुसार दुर्घटनामा परी जिप चालक प्रकाश आचार्यको मृत्यु भएको हो।
कोष तथा लेखा नियन्त्रण कार्यालय प्यूठानको ध१झ ५ नम्बरको उक्त जिप प्यूठानकै मल्लारानी गाउँपालिका वडा नम्बर ४ खत्रे खोलामा दुर्घटनामा परेको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय प्यूठानका प्रहरी सहायक निरीक्षक कृष्ण विकका अनुसार जिपमा चालक आचार्य मात्रै रहेकोले थप मानवीय क्षति हुनबाट जोगिएको हो।
कोष तथा लेखा नियन्त्रण कार्यालयका कार्यालय प्रमुख लगायतका कर्मचारीहरूलाई मल्लारानी गाउँपालिकाको कार्यालयमा छोडेर फर्किँदै गर्दा उक्त जिप दुर्घटनामा परेको प्रहरी सहायक निरिक्षक विकले जानकारी दिए।
दुर्घटनामा परेको जिप सडकबाट १ सय ५० फिट तल खोलामा खसेको प्रहरीले जनाएको छ।
























