काठमाडौँ । नेप्सेमा दोस्रो सर्किट ब्रेक लागेर शेयर कारोबार ४० मिनेटको लागि स्थगित भएको...

पुरा पढ्नुहाेस्

केपी ओलीविरूद्धको षड्यन्त्रभित्रको सहभागिता खोजिन्छः महेश बस्नेत

5.41K
shares
khanepani bord

काठमाडौं । नेकपा (एमाले)का नेता महेश बस्नेतले नेपाली कांग्रेसका वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यलाई कारबाही गर्न सरकारसँग माग गरेका छन्।

सञ्चारकर्मीसँग शनिबार भर्चुअल माध्यमबाट कुरा गर्दै उनले प्रदेशसभाको शुक्रबारको बैठकमा वैद्यले दिएको अभिव्यक्ति संसदीय मर्यादाविपरीतको भएको भन्दै कारबाही गर्न माग गरेका हुन्।

उनले नेपाली कांग्रेसकै मिलिभगतमा महात्मा गान्धीलाई जस्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्ने षड्यन्त्र कतै कुनै कुनामा बनिरहेको त छैन भन्दै वैद्यको अभिव्यक्तिलाई क्षणिक आक्रोशका रुपमा लिन नसकिने बताए।

‘वैद्यले संसदमा दिएको अभिव्यक्तिलाई आक्रोश मात्रै हो भन्न सकिन्न, सत्ताका लागि छटपटाएका तत्वले चुनावसम्म ओली रहे सत्ता प्राप्तिको चाहना पूरा हुँदैन भन्ने देखेर देशकै प्रधानमन्त्रीको हत्या गर्न बुनेको षड्यन्त्रको गन्ध पोखिएको हुनसक्छ, यसतर्फ सचेत हुनुपर्छ,’ उनले भने।

एमालेभित्र आन्तरिक कलहको फाइदा उठाउँदै केही तत्व सत्ताप्राप्तिका लागि प्रधानमन्त्रीको ज्यानै लिने षड्यन्त्र बनाउँदै गरेको रहस्य बाहिर आएको जिकिर गर्दै उनले यो षड्यन्त्रभित्र क-कसको सहभागिता छ भनेर खोजिने उनले बताए।

IME
khanepani