काठमाडौँ । प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि...

पुरा पढ्नुहाेस्

केन्द्रको नीतिविरुद्ध प्रदेशको नीति तथा कार्यक्रममा जसपाद्वारा संशोधन प्रस्ताव दर्ता

5.24K
shares
khanepani bord

मोरङ । चुरेको संरक्षण गर्दै ढुंगा गिट्टीको विदेश निकासी रोक्न माग गर्दै जनता समाजवादी पार्टी प्रदेश १ संसदीय दलका नेता जयराम यादवले प्रदेशको नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव दर्ता गराएका छन् ।

संघीय सरकारले ढुंगा गिट्टी विदेश निर्यात गर्ने नीति लिएपछि त्यसको विरोध गर्दै यादवले प्रदेशका त्‍यसको निकासी रोक्नका लागि संशोधन प्रस्ताव दर्ता गराएका हुन् ।

आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रममा संघीय सरकारको बजेट वक्तव्य सच्याउन आग्रह गर्नुपर्ने उल्लेख गर्दै उनले दर्ता गराएको प्रस्तावमा भनिएको छ,नेपाल सरकारको बजेट वक्तव्य सच्याउन आग्रह गर्दै प्रदेश १ बाट ढुङ्गा-गिट्टी बालुवा उत्खनन् गर्ने ।

संघीय सरकारको योजनाले देशकै अन्न भण्डारको रुपमा रहेको चुरे क्षेत्रसँग सम्बन्धित जिल्लाहरुमा वन विनाश, वातावरणीय सुन्तुलन, जैविक विविधताको संरक्षण, पानी मुहानको संरक्षणका लागि प्रदेशलाई मरुभूमिकरण हुनबाट जोगाउन प्राकृतिक सम्पदाको रक्षार्थ प्रदेश सरकारले आवश्यक निर्णय लिनेछ ।

IME
khanepani