काठमाडौँ । नेपाली कांग्रेस विभाजनको अवस्थामा पुगेको छ । पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय...

पुरा पढ्नुहाेस्

किराना पसल ११ बजेसम्म खोल्न पाइने, होटल रेष्टुरेन्टले टेक अवे सेवा दिन सक्ने

5.11K
shares
khanepani bord

काठमाडौं । कोरोना संक्रमण रोकथामका लागि लागू गरिएको निषेधाज्ञाको म्याद भोलीबाट थप गर्दै यसलाई केही खुकुलो बनाइएको छ । अब किराना र पुस्तक पसलहरु बिहान ११ बजेसम्म खोल्न पाइने छ ।

भक्तपुर जिल्लाका प्रमुख जिज्ला अधिकारी प्रेमप्रसाद भट्टराई ले संक्रमणदर ३० प्रतिशतभन्दा तल नझरेकाले निषेधाज्ञालाई निरन्तरता दिइने बताए । सवारी आवागमनमा लगाइएको रोक यथावत रहेको उनले बताए ।

होटल रेस्टुरेन्ट अहिलेसम्म पूर्ण प्रतिवन्धित रहेको अबदेखि टेक अवे र होम डेलिभरी सेवा दिन अनुमति दिइएको छ । बिहान सातबजेदेखि होटल रेस्टुरेन्टले टेक अवे र होम डेलिभरी सेवा दिन सक्नेछन् । इलेक्ट्रिक र हार्डवेर पसल बेलुका ४ बजेपछि खोल्न पाइने भएको छ ।

IME
khanepani