विराटनगर । मोरङ क्षेत्र नम्बर-३ कम्युनिस्ट शक्तिको ‘लालकिल्ला’को उपमा पाएको क्षेत्र हो । २०४८...

पुरा पढ्नुहाेस्

प्रदेश १ सरकारलाई ६२ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको स्वास्थ्य सामग्री सहयोग

5.21K
shares
khanepani bord

विराटनगर । यूएनडीपी र यूएसएआईडीको सुआहारा परियोजनाले प्रदेश १ सरकारलाई ६२ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको स्वास्थ्य सामग्री प्रदान गरेका छन् । दुवै संस्थाले आइतबार सामाजिक विकासमन्त्री उषाकला राईलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

यूएनडीपीका तर्फबाट ६० वटा अक्सिजन कन्सन्ट्रेटर तथा यूएसएआईडीको सुआहारा परियोजनाबाट पीपीई सेट १०० थान, सर्जिकल मास्क ८ हजार थान, ह्याण्ड सेनिटाइजर ५ सय लिटरको ५० थान र केएन ९५ मास्क ३ सय थान प्राप्त भएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख शम्भु शाहले जानकारी दिए ।

स्वास्थ्य सामग्री ग्रहण गर्दै सामाजिक विकास मन्त्री राईले कोरोना संक्रमण नियन्त्रणमा सबैको सहयोग आवश्यक रहेको बताइन् ।

IME
khanepani