पछिल्लो २४ घण्टामा मुलुकमा कोरोनाभाइरसका २,४०७ जना संक्रमित थपिए, ४६ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा कोरोनाभाइरसका २,४०७ जना संक्रमित थपिएका छन् ।
१२ हजार ४०६ नमुना पीसीआर र एन्टीजेन परीक्षण गर्दा ती संक्रमित थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आइतबार आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता कृष्णप्रसाद पौडेलले भने, ‘मानिसहरु परीक्षण गर्न हिच्किचाइरहेका छन् र परीक्षण दायरा पनि घटिरहेको छ । म बिना हिच्किचाहट परीक्षण गर्न आग्रह गर्छु ।’

काठमाडौं उपत्यकामा ६५३ जना संक्रमित थपिएका छन् ।

संक्रमित संख्या घटेपनि संक्रमित दर भने घटेको छैन । मुलुकको औषत संक्रमित हुने दर आइतबार २२ दशमलव ५ प्रतिशत छ । सबैभन्दा बढी संक्रमण दर कर्णाली प्रदेशमा छ ।

मुलुकमा आइतबारसम्म सक्रिय संक्रमित संख्या ६८ हजार ९५५ रहेको छ ।

मुलकुमा सक्रिय संक्रमित ३८ प्रतिशत छन् । जसमध्ये १६ प्रतिशत लुम्बिनीमा र १३ प्रतिशत प्रदेश १ मा रहेका छन् । बागमती प्रदेशको काठमाडौं जिल्लामा ३१.५ प्रतिशत सक्रिय संक्रमण छ ।

आइतबार ४६ जनाको मृत्यु भएको छ ।

३०,जेष्ठ.२०७८,आईतवार १८:३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्