काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग अभियन्ता एवं नागरिक बचाउ दलका संरक्षक दुर्गा...

पुरा पढ्नुहाेस्

पछिल्लो २४ घण्टामा मुलुकमा कोरोनाभाइरसका २,४०७ जना संक्रमित थपिए, ४६ जनाको मृत्यु

5.68K
shares
khanepani bord

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा कोरोनाभाइरसका २,४०७ जना संक्रमित थपिएका छन् ।
१२ हजार ४०६ नमुना पीसीआर र एन्टीजेन परीक्षण गर्दा ती संक्रमित थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आइतबार आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता कृष्णप्रसाद पौडेलले भने, ‘मानिसहरु परीक्षण गर्न हिच्किचाइरहेका छन् र परीक्षण दायरा पनि घटिरहेको छ । म बिना हिच्किचाहट परीक्षण गर्न आग्रह गर्छु ।’

काठमाडौं उपत्यकामा ६५३ जना संक्रमित थपिएका छन् ।

संक्रमित संख्या घटेपनि संक्रमित दर भने घटेको छैन । मुलुकको औषत संक्रमित हुने दर आइतबार २२ दशमलव ५ प्रतिशत छ । सबैभन्दा बढी संक्रमण दर कर्णाली प्रदेशमा छ ।

मुलुकमा आइतबारसम्म सक्रिय संक्रमित संख्या ६८ हजार ९५५ रहेको छ ।

मुलकुमा सक्रिय संक्रमित ३८ प्रतिशत छन् । जसमध्ये १६ प्रतिशत लुम्बिनीमा र १३ प्रतिशत प्रदेश १ मा रहेका छन् । बागमती प्रदेशको काठमाडौं जिल्लामा ३१.५ प्रतिशत सक्रिय संक्रमण छ ।

आइतबार ४६ जनाको मृत्यु भएको छ ।

khanepani