जब मलाई कोरोना भाइरससँग मिल्दो जूल्दो लक्षण देखा पर्न थाल्यो । मेरो घर परवारलाई सबभन्दा बढी मेरो स्वास्थ्यको चिन्ता हुन थाल्यो । घर नजिकै टेकु अस्पताल (सरकारी) मा बेड खाली छ कि भनेर हामी दिनभरी त्यहि बसेर कुर्न थालियो । खाली भएको सूचना पाउना साथ टेकु अस्पताल लगियो ।
मेरो प्रश्न, के आईसियु मा स्वास्थ्य मापदण्ड लागु गर्नु पर्दैन ? सफा सुघर हुनु पर्दैन ? ट्वाइलेटको सफा सुघरमा ध्यान कसले पुराउने ? त्यहाँ सरकारी अनुगमन खै ?
टेकु अस्पताल आउदा बेड खाली थिएन, पानी परेको रात थियो, डाक्टर अनुप ले अंगालो हाल्दै बेड खाली भए पछि आकश्मिक (Emergency) मा राखौला भन्दै अक्सिजन दिएर उपचार सुरु गर्नु भो, मलाई त्यतिखेर लाग्यो ठिक ठाउमा आइएको जस्तो र आत्मबल बद्न बढ्न पनि थाल्यो । करिब तिन घण्टा भूईमा सुतेर उपचार गरे पछि बल्ल आकश्मिक कक्षमा बेड पाउन सफल भइयो । त्यस बेला मलाई एकदम नै बढी अक्सिजन दिनु पर्ने अवस्था भएका थियो रे ?
मेरो अक्सिजन लेभल ठिक हुदै गर्दा, सुगर जाँच गर्दा सुगरको लेभल निक्कै माथि देखियो । त्यतिका दिन अस्पतालमा बस्दा धरै चोटी रगत निकालियो, सुगरको जाँच भने गरिएन । यो किन होला । मलाई एक खालको जिज्ञाशा रहेको छ । डाक्टरले रिर्पोट किन नहेरेको होला रु धरै चोटी एक्र्से र ब्लडको रिपोर्ट त आएको थियो । तर, किन रिर्पोट हेरेर त्यो अनुसारको उपचार भएन भन्ने प्रश्न मनमा खेलिरहेको छ ।
बिल बनाउने, पैसा लिने, रिपोर्ट अनुसार उपचार नगर्ने, यो कस्तो नियम हो ? किन स्वास्थ्यमा यति धरै लापरवाही भइरहेको छ ? यसले भने मलाई हरपल सताइरहेको छ ? किन ? यस्तो भइरहेको छ ? आखिर किन यस्तो हुन्छ ?
त्यसपछि टेकु अस्पताल कै सामान्य वार्ड मा सारेर पनि उपचार गर्न थालियो साल्इन दिन थालियो । २ दिन मुखबाट खान दिएन, पछि मुख बाट खान दिए पनि मैले गुलियो भएकोले खाइन । इन्सुलेन दियर सुगर कन्टोलमा मा ल्याउनु पर्यो । अहिले पनि इन्सुलेन लिनु परेको छ । यति धरै लापरवाही किन स्वास्थ्य जस्तो सम्बेदनसिल क्षेत्रमा ?
अलि ठिक भए पछि सामाजिक संजालहरु हेर्न थालियो, कुरै कुरामा आफन्त र साथीहरु बितेको थाहा पाउदा एकदम नराम्रो लाग्यो । देशको केहि नेताहरु पनि बितेका रहेछन । कसैलाई पैसाले पनि बचाउन नसक्ने र कोहि पैसा नभएर पनि बितेको रहेछन । निधन भएको सबैमा हार्दिक श्रदान्जली अर्पण गर्न चाहन्छु । एक जना साथीले मलाई फेकबुवालमा मा सिग्र स्वास्थ्य लाभको कामना भनेर हाल्दै गर्दा सबैले मेरो लागि प्रार्थना गर्नु भयो । तर एक जनाले हार्दिक श्रदान्जली लेख्नु भएको रहेछ । त्यसले मेरो आयु झन् बढेको महशुस मैले गरे, पछि त्यस्तो कमेन्ट लेख्ने मित्रले पछि आफै कमेन्ट हटाउनु भयो ।
एउटा स्टाटस भने मलाई खुब घत लाग्यो र मन छोयो । यदि अस्पतालमा बिरामी भर्ना भई सकेपछि अक्सिजन र औषधी नपाएर कोइ मर्छ भने त्यी हत्या हो यो सत्य कुरा हो, किनकि यो कुरा मैले भोगेको छु ।अर्को, देशमा नेताहरु कुर्सिको लागि तानातान रहेछन । सरकारलाई बिरामीको केहि मतलब नैदेखीइन ।, देशको माया, जनताको स्वास्थ्यको माया कुनै नेतामा देखीएन भाषण र गफ मात्र रहेछ ।
टेकु अस्पतालमा उपचार राम्रैसंग भयो, कमजोरीले गर्दा हिड्न गारो थियो, तैपनि डिस्चार्ज गरियो ।
अरु सिकिस्त बिरामीलाई बेडको आवश्यकता हुन सक्छ भनेर मैले पनि घरमा नै आइसुलेसनमा मा बस्ने निर्णय गरे ।
उपचार राम्रो छ, तर बिरामीको चाप अनुसार डाक्टर र बेडको कमि महसुस भयो ।
कोरोनाको तेश्रो लहर झन् जोखिमपूर्ण छ र बालबालिकाले सतर्कता हुनु पर्छ पनि भन्ने अनि विद्यालय पनि खोल्ने भन्छन ।
के ? अस्पतालले २० प्रतिशत बेड राखेको छ रु सरकार हरेक अस्पतालमिा निजि होश या सरकारी अनुगमन गर्नुस, स्वास्थ्य मापदण्डको अनुसार छ, कि छैन भनेर ? । अबोध बालबालिकालाई खै खोप ? अरु देशमा लगाई सक्यो सरकार, हाम्रो पहल कहिले हुने ?
अहिले कोरोना घटेको कारण, लकडाउन हो अनि पिसिआर चेक आफ कम गर्नु हो । असार महिना आएको छ । अव कर उठाउनु परो भनेर सरकार हतार नगर्नुस । सरकार जनतालाई र देश लाई माया गर्नुस, नत्र हामी सबै जना आ आफ्नो ठाउँ बाट उत्रिन नपोरोस ? हामीलाई हाम्रो नेपाल प्यारो छ, आफ्नो ठाउँ बिकास गर्न हामी पनि सक्छौ । हाम्रो नेपाल हाम्रो आफ्नो ठाउको नारा दिएर पार्टी खोल्न हामी पनि सक्छौ । जस्तै हाम्रो नेपाल हाम्रो काठमाडौँ । म काठमाडौँको भएकोले काठमाडौँ नारा राखेको हो । यदि तपाई पोखराको हुनु हुन्छ भने हाम्रो नेपाल हाम्रो पोखरा वा यदि तपाई जनकपुर को हुनु हुन्छ भने हाम्रो नेपाल हाम्रो जनकपुर नारा हुन्छ । एबम रितले पहिला हाम्रो नेपाल अनि आफ्नो ठाउको नारा लेख्ने । , आफ्नो ठाउँ आफै बनाउने भाषण, नारा दिन हामी पनि सक्छौ, त्यसैले अब त उठ्नुस सरकार, नेताज्यूहरु, स्वार्थ रहित काम गर्नुस, देश र जनतालाई माया गर्नुस । अस्पताल मा पर्याप्त अक्सिजन खोप र औषधीको जोहो गर्नुस । यो बेला कुर्सि तानातान हैन, जनताको स्वास्थ्यको चिन्ता गर्नुस ।
देशमा कोरोनाको दोश्रो लहर आइसकेको थियो । त्यसबाट म पनि अछुतो हुन सकेन । पिसिआर जाँच गर्दा मलाई पोजेटिभ देखियो । दोश्रो लहर झन जोखिम थियो, अस्पतालमा बेड पाउन गाह्रो, अक्सिजन सिलिन्डरको कमी, यस्तो बेलामा महामारी रोग लागेछ ।
४१ दिन अस्पतालमा बसी, कोरोनासंग जुद्दै बल्लतल्ल डिष्चार्ज भई, म अहिले अक्सिजनका साथ आइसोलेसनमा छु । ४ वटा अस्पतालमा बस्दा, मैले जे देखे, जे भोगे त्यसको बारेमा केहि भन्न चाहन्छु, जसबाट धरै कुरा जान्न सकिन्छ ।
एकैछिन हामी कोरोनाको पहिलो लहरको बारेमा कुरा गरौ ।
कोरोना र लकडाउन दुवै नौलो र खतरनाक शब्द, एउटा महामारी रोग, अर्को दिन दिनै कठिन समय, धरै दिनसम्म सबै जना नै अलमलमा पर्यो । केहि महिनापछि देशमा धरै कुराको अभाव सिर्जना हुन थाल्यो, हामी लायन्स क्लव का सदस्यहरु अब चुप लागेर बस्नु हुदैन भनेर हामीले पहिलो सेवा सहयोग प्रहरी वृतमा गएर Masks, Sanitizers, Gloves, Miniral Waters वितरण गरियो । त्यसपछि अरु संघ सस्थासंग मिलेर ४५ दिन सम्म बिहान बेलुका गरिब, मजदूरहरुलाई खाना खुवाउने कार्यक्रम गरियो । रक्त अभावको कारण रक्तदान कार्यक्रम गरियो । आफ्नै Lions Helath Centre बाट कोरोना सम्बन्धि जनचेतना मुलक कार्यक्रम गरियो, जसमा माइकिङ को साथै Pumphlats, Masks, Sanitizers, Gloves वितरण पनि गरियो । हामीले लकडाउन समयमा सिडिओबाट स्वीकृत लिएुर हामी चन्द्रनिगापुरको एउटा गाउमा रहेको स्वास्थ्य चोकीमा गएर PPES, Masks, Sanitizer, Gloves, Thermo Guns सहयोग गरेका थियौ ।Lions Cloth Bank खोलि हामी भन्दा कम भाग्यसालीहरुलाई नयाँ लत्ताकपडा वितरण पनि गरियो । म आफै ीभबमभभचकजष्उ त्चबष्लभच भएकोले जुम मार्फत अरु साथीहरुसंग मिलेर Leadership trainings आयोजना पनि गरियो र त्यसमा सहभागी लायन्स र ननलाइन्स सहभागी साथीहरुलाई आर्थिक र भौतिक सहयोगको लागि अनुरोध गर्दा सबैले सहयोग गरे पछि माथि उल्लेखित कार्यक्रमहरु गर्न सकेको हो । विभिन्न Lions Clubs, Districts, Muliple र Lions Clubs International ले स्वास्थ्य सामग्री, खाध्यानको ठुलै सहयोग गर्दै आइरहेका छन ।
देशमा कोरोनाको संक्रमित घट्दै गयो, लकडाउन हट्यो, त्यसपछि सामजिक भेटघाट र मिटिङ मा सहभागी हुन थाले, साथी भाई भेटघाट, रेष्टुरेन्ट जान थालियो ,स्वास्थ्य मापदण्ड बिस्तारै बिर्सिन थालियो, एउटा माक्स बिर्सिएन, अरु सबै बिर्सिन थालियो । पहिला सेनिटाइजर संगै लिएर हिडथियो, पछि पर्दैन जस्तो लाग्यो, खोप पनि पछि लगाउला भनेर लगाएन, रेष्टुरेन्डमा मा खाना खादा माक्स निकाल्नै पर्यो, सानो ठाउमा एउटा टेवलमा बस्दा सामाजिक दूरी हुने कुरा नै भएन । यस्तो सानो सानो लापरवाहीले गर्दा ठुलो मोल चुकाउनु पर्यो ।
देशमा कोरोनाको दोश्रो लहर आइसकेको थियो । यो महामारी झन् जोखिम भएकोले हामी लायन्सहरुले फेरी सेवाको कार्यक्रम अगाडी बढाउनु पर्यो भनेर पहिलो चरणको बैठक रेष्टुरेन्टमा गरियो । त्यहाँ सतर्कतासाथ सेवा गर्ने कुरा आयो । दोश्रो चरणको बैठक बस्न अगाडी मलाई अली अली ज्वरोआयो मैले सिटामोल र तातो पानी खाएर ज्वरो अली कम भएको थियो, तर एक जना साथीलाई कोरोना पोजेटिभ भएको खबरले मलाई पनि गार्हो भयो । ज्वरो निको भएन । शरीर सिथिल हुदै भएपछि डाक्टरलाई फोन गरेर अरु औषधी खाना थाले, त्येपनि निको नभए पछि पिसिआर जाँच गर्न गए । त्यस अस्पतालमा मान्छेहरु धरैलाई दोश्रो लहरले गारो भइ राखेको छ, भन्दै हल्लाखल्ला गर्दै गर्दा म झन् झन् नर्मस हुन थाले र पिसिआर रिपोर्ट पोजेटिभ आएपछि सांस पनि फेर्न गारो भयो । साथीहरुको सल्लाह अनुसार पोजेटिभ अस्पताल ब् (नाम परिवर्तन गरिएको) मा गए । आकस्मीक वाडमा अक्सिजन दिएर राखियो, एक्कै छिन पछि क्याविन मा सारियो । भोलि पल्ट हाम्रो अस्पतालमा कोभिड वार्ड छैन, बन्दै छ र बिरामीलाई अन्तै लानु भने पछि दाजुभाई र लायन्स साथीहरु अस्पतालको खोजि गर्न थालियो । Teku. Patan, Arm Police, Bir, Alka, Norivic अस्पताल मा बेडको खोज्दा पनि कहिँ पाएन, पछि त्यहि कोभिड वाडए बन्यो, भन्दै मलाई त्यहि राखियो । अरु उपाय पनि थिएन, मेरो हालत सिथिल हुदै थियो, त्यही उपचार गरियो । मेरो अक्सिजन लेभल कम भएकोले हाई अक्सिजन चाहिने भयो र Bipap Machine बाट अक्सिजन दिन थालियो, सारै सास्ती हुने, पानी पनि खान नदिने, घाटी खस खस हुने, तर अक्सिजन लेभल अलि बढी हुने । डाक्टर भित्र आउदै नआउने सबै नर्सहरुले उपचार गर्नु पर्ने ।
म कमजोर हुदै गर्दा डाक्टरले मेरो दाईलाई अर्को अस्पतालमा सार्नु भन्यो रे फेरी, किनकि अस्पताल मा पर्याप्त अक्सिजन छैन र को अनुभवी डाक्टरहरु पनि छैन भन्यो रे । त्यसपछि फेरी अस्पताल खोज्न थालियो । भक्तपुरको एउटा सरकारी अस्पतालमा आइसियू बेड आईयो भनेर त्यहाँ लगियो ।
यहाँ निर सोच्नु पर्ने कुरा, किन नेपाल सरकारले कोभिडको अनुमति दियो रु जबकि त्यस ए अस्पतालमा कोभिड को अनुभवी डाक्टरहरु उपचारको लागि छैन भने रु अस्पताल ले अक्सिजन स्टोर गरेर राख्नु पर्ने हैन र रु कसैको जीवन संग खेलवाड गर्न पाउदैन रु हचुवाको तालमा बिरामीलाई उपचार गर्ने अधिकार कसैको छैन ?
भक्तपुर जादा त्यहाँ आइसियू वेड खाली छैन, अहिले, एक्कै छिनमा खाली हुन्छ, भन्दै बाहिर टेन्टमा बेड र अक्सिजनको व्यवस्था गर्दै राखियो । करिब ३ घण्टा बस्दा पनि न डाक्टर आयो न नर्स नै आए । बेड र अक्सिजनको व्यवस्था पनि स्थानीय स्यंमसेव हरुले गरेका थिए । बेड खाली नभएपछि साथीले अर्को प्राइभेड अस्पताल द्य (नाम परिवर्तन गरिएको) मा लगियो, जहाँको सुबिधा हेर्दा एक दम राम्रो थियो, तर डाक्टरहरु र नर्सहरुको कुराकानीले मलाई झस्कायो । नर्सहरु धरै काम गर्नु पर्ने,थाकी सकियो भन्दै थिए । चाँडो अर्को नर्सलाई बुझाएर घर जान पाए हुन्थ्यो भनेको मैले जब सुने, मैले साथीलाई बोलाएर यहाँ राम्रो उपचार होला जस्तो छैन भनेर भन्दा साथीले यो राम्रो अस्पताल हो, भन्दै मलाई सम्झाउन खोज्यो । अर्को अस्पताल खोज्न गारो छ भनेर सम्झायो । मलाई झन् झन् गारो हुदै थियो । आइसियुमा अरु पनि बिरामीहरु थिए । एक जना म भन्दा सिकिस्त बिरामी ल्यायो, उहालाई भेन्टिलेटरबाट उपचार गरियो । करिब १ घण्टा मा उहाको निधन भयो । मलाई पनि भेन्टिलेटरबाट उपचार गर्ने कुरा गर्दै थियो, तर अनायास आइसियुमा भएको युवती एकदम सिकिस्त हुन थाल्यो । उहालाई भेन्टिलेरबाट उपचार गर्न थालियो, स्वास्थ्यमा सुधारभै राखेको थियो तर २ दिन पछि उहा पनि बित्नु भयो । एक जना दमको रोगि भएको र कोरोनाले गर्दा निक्कै गारो भएको बिरामी रहेछ, आईसियुमा बस्न नै मानेन, बाचे पनि मरे पनि वार्ड मा जान्छु भनेर वार्ड मा नै गयो । उहाको श्रीमान पनि कोरोनाले गर्दा वार्डमा रहेछ । पछि के भयो थाहा भएन । मैले पनि आट गरेर दाईलाइ र डाक्टरलाई कुनै पनि हालतमा भेन्टिलेरबाट उपचार गर्दिन, मरे पनि मरियोस भन्दिए । पछि मलाई २ वटा ठाउँ बाट अक्सिजन दिन थालियो, एउटा माक्सबाट, अर्को सानो पाइपबाट । मेरो अलि अक्सिजन लेभल ठिक हुदै थियो, उपचार पनि राम्रो नै भैराखेको थियो, स्वस्थ्यमा क्रमिक सुधार हुदै थियो ।
अनायास सेन्टल अक्सिजन कम हुन थाल्यो, हामी बिरामीहरु अक्सिजन नपाए पछि डरले कराउन थाले, बाहिर पनि हल्लाखल्ला भए पछि दाई आसियुमा आयो, पछि भाई पनि आयो । डाक्टरले अर्को सि प्राइभेड अस्पताल लानु भन्यो, त्यबेला मेरो अक्जिन लेभल ३८ मा झरिसकेको थियो रे, झन्डै मरेको । अझ अलि ढिलो भएको भए हामी आइसियू को ६ जना मरिन्थ्यो । यो केस पोखरा अस्पतालको जस्तै थियो, जहाँ ७ बिरामी मर्यो । बाहिर हल्ला नभएको मात्र हो । मैले सुने अनुसार एक जना बिरामी जो आइसियुको भेन्टिलेटरमा थियो, बित्यो रे ।
अब मेरो प्रस्न यसको दोषी को अस्पताल कि सरकार ? अस्पताल ले पहिला नै अक्सिजन को भण्डार राख्नु पर्ने हैन र ? यदि अक्सिजन छैन भने बिरामीलाई समयमा नै अरु अस्पतालमा किन नसारेको ? सरकारले खै अनुगमन गरेको अस्पतालमा ।
सि पोजेटिभ अस्पताल सि (नाम परिवर्तन गरिएको) मा लगियो, वार्ड को कुनामा बेड थपेर राखियो । त्यहाँ पनि पर्याप्त अक्सिजन छैन भन्न्ने थाहा पाएपछि फेरी अस्पताल खोज्न लाग्यो । पाटन अस्पतालमा बेड छ भन्दै एम्बुलेन्समा राखेर लगियो । तर त्यहाँ पुग्दा आकस्मीकमा एक दिन लाई मात्र अक्सिनज छ भने पछि फेरी अर्को अस्पताल अल्कामा आइसियू मा राख्न अनुरोध गरियो र राखियो । त्यहाँ पनि डाक्टर भित्र नआउने, भर्खर पास भएका मेल नर्सले उपचार गर्ने । त्यस अस्पतालको गोदामलाई आइसियुमा परिणत गरेको जस्तो देखिने । मेरो बेडसंगै ट्वाइलेट थियो, मेरो बेड भएर बिरामीहरु ट्वाइलेट जान्थ्यो, फर्किदा कस्तो फोहोर भन्दै आउथ्यो । डाक्टर र नर्सदेखी घर परिवार सबले टन्न खानु पर्छ, सुप खानु पर्छ भनिन्थ्यो तर, यस्तो वातावरणमा कसरि खाने जस्तो लाग्थ्यो, तैपनि मैले खाना र सुप टन्न खाएको थिए । आफु हिड्न नसक्ने, जहिले ट्वाइलेको तनाव हुन्थ्यो ।
त्यहाँ पनि आँखै अगाडी २ जना बिरामीहरु उपचारको क्रममा निधन भयो । यसरि आफ्नै अगाडी धरै मान्छेहरु बित्दा आफु पनि माथि जाने क्रममा जस्तो लाग्यो । एम्बुलेन्सबाट अस्पताल खोजि गर्दा गर्दै मेरो शरीर सिथिल हुदै ३ दिनसम्म रिंगटा लागेको थियो ।
एक चोटी डाक्टर भिजिट गर्न आउदा मैले डाक्टरलाई सोधे थिए, के म ठिक हुन्छ र भन्दा डाक्टरले तपाई ठिक भयो भने मेरो ठुलो उपलब्धि हुन्छ र म बचाउन कोशिस गरि राखेको छु भन्दै गयो । यो कुराले मलाई सारै तनाब भयो । त्यहाँ पनि को अक्सिजन सिद्दिन लाग्यो । बिरामीलाई अन्तै लानु भन्न थाल्यो । एउटा त अक्सिजनको कमि, राम्रो अस्पतलामा बेड पाउन गारो, त्यसमाथि व्यापार ब्यबसाय पनि सम्झन थाल्यो, एक वर्ष देखी ठप्प, घर भाडा, अनि यो महामारी, आत्मबल घटेर झन् सिथिल हुन थाल्यो । अलि ठिक भै सकेको पनि गारो अप्ठारो हुन थाल्यो । म अब मर्ने भए भनेर घर परवारलाई भन्दा सबलाई मेरो चिन्ता हुन थाल्यो । घर नजिकै टेकु अस्पताल –सरकारी) मा बेड खाली छ कि भनेर दिनभरी त्यहि बसेर कुर्न थालियो । खाली भएको सूचना पाउना साथ टेकु अस्पताल लागियो ।
अन्तमा म अस्पतालमा हुदा मेरो लागि प्रार्थना, माया, स्नेह, सहयोग गर्ने र आशिर्वाद दिने सम्पूर्णमा हार्दिक धन्यवाद दिन चाहन्छु ।
प्रतिक्रिया दिनुहोस्