काठमाडौं । चुनाबको मिति नजिकिदै गर्दा कर्मचारीहरुले मन्त्री र प्रधानमन्त्रीका कुरा सुन्न र उनीहरुका...

पुरा पढ्नुहाेस्

काठमाडौं महानगरका ६०-६१ वर्ष उमेर समूहलाई आज र भोलि यी ठाउँमा लगाइन्छ कोरोना खोप

5.29K
shares
khanepani bord

काठमाडौं । काठमाडौं महानगरपालिकाले ६० देखि ६१ वर्ष उमेर समूहकालाई कोरोनाविरूद्ध आज (सोमबार) र भोलि (मंगलबार) खोप लगाउने भएको छ।

भेरोसेल (चिनियाँ) खोपको पहिलो मात्रा जेठ ३१ गते र असार १ गते लगाइने भएको हो।

यसअघि जेठ २८ र २९ मा ६० देखि ६१ वर्ष उमेर समूहलाई खोप लगाउने भनिएको थियो। खोप अभावपछि उक्त कार्यक्रम स्थगित गरिएकोमा आज र भोलि खोप लगाउन लागिएको महानगरले जानकारी दिएको छ।

वीर अस्पताल, शिक्षण अस्पताल महाराजगञ्ज, वीरेन्द्र सैनिक अस्पताल छाउनी, निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वरमा गएर खोप लगाउन सकिन्छ।

बिहान १० बजेदेखि अपरान्ह ४ बजेभित्र खोप लगाउन सकिन्छ। परिचय खुल्ने कागजपत्र लिएर खोप लगाउन सकिन्छ।


हेर्नुस् सूचना:

IME
khanepani