काठमाडौँ । इरानका दिवंगत सर्वोच्च नेता अयातुल्ला अली खामेनीका छोरा मोज्तबा खामेनीलाई देशको नयाँ...

पुरा पढ्नुहाेस्

भारतमा सोमबार कोरोनाबाट ३९ सयको मृत्यु, ७० हजार संक्रमित थपिए

5.81K
shares
khanepani bord

दिल्ली । भारतमा पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरस संक्रमणबाट ३ हजार ९२१ जनाले ज्यान गुमाएका छन् । पछिल्ला केही दिनदेखि भारतमा दैनिक संक्रमितको संख्यामा कमी हुँदै आएको देखिएको छ । सोमबारको तथ्यांक अनुसार भारतमा ७० हजार ४२१ संक्रमित थपिएका छन् ।

एकैदिनमा यति मानिस संक्रमित भएको ७१ दिनपछिकै सबैभन्दा थोरै भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा यहाँ १ लाख १९ हजार ५०१ डिस्चार्ज भएका छन् ।

भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या २ करोड ९५ लाख भन्दा बढी रहेको छ भने २ करोड ८१ लाख भन्दा बढी संक्रमणमुक्त भएको तथ्यांकमा उल्लेख छ ।

भारतमा अहिलेसम्म ३ लाख ७४ हजार ३०५ जनाले ज्यान गुमाइसकेका छन् भने ९ लाख ७३ हजार १५८ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

IME
khanepani