काठमाडौँ । नेप्सेमा दोस्रो सर्किट ब्रेक लागेर शेयर कारोबार ४० मिनेटको लागि स्थगित भएको...

पुरा पढ्नुहाेस्

जर्मनीद्वारा नेपाललाई ४ अर्ब ८९ करोड रुपैयाँ (३४.४ मिलियन युरो) प्रदान गर्ने घोषणा

5.63K
shares
khanepani bord

काठमाडौं । जर्मनीले द्धिपक्षीय सहायताको निरन्तरतास्वरुप नेपाललाई ४ अर्ब ८९ करोड रुपैयाँ (३४.४ मिलियन युरो) प्रदान गर्ने घोषणा गरेको छ ।

नेपाल र जर्मनी सरकारबीच सोमबार भर्चुअलरुपमा विकास सहायता सम्झौतामा हस्ताक्षर भएको छ । काठमाडौंस्थित जर्मनी दूतावासले विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो ।

सहमतिअनुसार जर्मनीले सन् २०२३ सम्म प्राविधिक सहायता र सन् २०२५ सम्म आर्थिक सहायता प्रदान गर्ने सहमति पनि गरेको छ । सन् २०२० को नोभेम्बरमा दुबै सरकारबीच भएको सहमतिअनुसार लिखित सम्झौता भएको जनाइएको छ ।

विज्ञप्तिमा जनाइएअनुसार उक्त जर्मन विकास सहायता स्वास्थ्य, दिगो आर्थिक विकास र नवीकरणीय ऊर्जामा खर्च हुने भएको छ । जर्मनीले (कोभिड १९) महामारीविरुद्ध नेपाललाई थप सहायता गर्न आफू तयार रहेको पनि उल्लेख छ ।

IME
khanepani