हो, म बदलिएं

हो, म बदलिएं
सबै भन्छन् तिमी बदलियौ,तिमी कस्तो थियौ ?
यस्तो भयौ, उस्तो भयौ?
म भन्छु हो, म बदलिएं कति बदलिएं बदलिएं
पहिला म आमाको छोरी काखको थिएं
आज म कसैको आमा भएकी छु
पहिला बाआमाको म परीवार थिएं
आज म मेरो परीवारसंग रमाएकि छु
पहिला धेरै बोल्दिन थिए होला
आज आफ्नो सन्तानलाई बोलाइरहने म
भएकिछु
हो, म भन्छु म कति बदलिएं बदलिएं
उहिले चिन्ता गर्नु हुन्थ्यो बाआमा मेरो लागि
आज सन्तानको लागि चिन्ता गर्ने मै भएकि छु
पहिला म बाआमालाई गनगन गरेर दिमाग दुखाउॅथें
आज म मेरो दिमाग दुखाउने भएकि छु
उहिले घरमै बस्थें म सबैको वरीपरी सधै
आज पुग्छु नयां नयां ठाउॅ म गाडि चलाइ आफै
आफ्नो ब्यबहार आफै टार्न सक्ने भएकि छु
हो म भन्छु म कति बदलिएं बदलिएं
उहिले बिछट्टै माया गर्नु हुन्थ्यो बाआमा मलाई
अचेल म आमा जस्तै माया गर्ने भएकि छु
पहिले रेडियोमा समचार सुन्दै म बाआमाको
ढाडमा अढेस लाग्दै बाआमाको सेतो कपाल
उखालिदिन्थें
फरक यतिमात्र हो,
आज चार दशक अघि जस्तै
उस्तै समचार Tv मा सुन्दै र हेर्दै
म आफ्नै सेतो कपाल कालो रंगले छोप्दै लुकाउने भएकिछु।
हो म भन्छु, म कति बदलिएं बदलिएं

१,असार.२०७८,मंगलवार ०९:०२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्