काठमाडौँ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानका जनतालाई तानाशाहीबाट मुक्त गराउने प्रयासमा केन्द्रित रहेको...

पुरा पढ्नुहाेस्

गोरखामा खोलाले बगाएर एक जना बेपत्ता

6.06K
shares
khanepani bord

गोरखा । आरुघाट गाउँपालिका २ ढोडेनीस्थित ठेटनेरी खोलाले बगाएर एक जना बेपत्ता भएका छन् । बर्दिया घर भई हाल गोरखा बस्दै आएका ३८ वर्षीय गोविन्द चौधरी बेपत्ता भएको प्रहरीले जनाएको छ ।

अन्य दुई साथीसहित आरुघाट गाउँपालिका कटुन्जेस्थित साहुको घरमा जाने क्रममा चौधरीलाई खोलाले बगाएको डीएसपी प्रकाश दाहालले बताए । ‘उनीहरु मिस्त्री काम गर्ने रहेछन्, साहुको घरमा जाँदै गर्दा खोला तर्ने क्रममा चौधरीलाई बगाएछ, उनले भने ।

स्थानीयको सहयोगमा मान्वु प्रहरी चौकीबाट खटिएको टोलीद्वारा उनको खोजी भइरहेको छ ।

IME
khanepani