काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पाइपबाट घरघरमा ग्याँस वितरण गर्न सकिने बताएका...

पुरा पढ्नुहाेस्

गण्डकीका मुख्यमन्त्रीलाई विश्वप्रकाशको सन्देश, समय संवेदनशील छ, फुकेर चल्नोस्

5.51K
shares
khanepani bord

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई ‘फुकेर चल्न’ र ‘सोचेर बोल्न’ सुझाव दिएका छन् ।

पहिलो मन्त्रिपरिषद् बैठकमै सेवासुविधाको छलफल चलाएर आलोचित बनेका मुख्यमन्त्रीलाई विश्वप्रकाशले सो सुझाव दिएका हुन् ।

ट्विटरमा उनले लेखेका छन्, ‘गण्डकी प्रदेशका मुख्यमन्त्रीज्यू ! राम्रो सावित हुन धेरैवटा राम्रो गर्नुपर्छ ! आलोचित हुन एक गल्ती या एक भ्रम काफी हुन्छ ! फुकेर चल्नोस्, सोचेर बोल्नोस्, सहि निर्णय गर्नोस्, समय संवेदनशील छ !’

गण्डकीमा हालै सरकार परिवर्तन भएर कांग्रेसका पोखरेल मुख्यमन्त्री बनेका हुन् । कांग्रेसले पहिलोपटक प्रदेश सरकार हाँक्ने मौका पाउँदा मुख्यमन्त्री विवादमा परेपछि पहिलो गाँसमै झिँगा परेझैं भएको छ ।

IME
khanepani