भीम रावलले भने, ‘जेठ ३ को अवस्थामा पार्टीलाई लैजानु भनेको एमाले फुटाउने षड्यन्त्र हो’

काठमाडौ । काठमाडौ नेकपा एमालेका उपाध्यक्ष भीम रावलले २०७५ जेठ ३ गतेको पार्टी कमिटी अनुसार बैठक बोलाइएमा आफूहरू नजाने स्पष्ट पारेका छन्।

मंगलबार कुराकानी गर्दै उपाध्यक्ष रावलले जेठ ३ गतेलाई आधार मान्नु भनेको पार्टीलाई फुटतिर लैजाने षडयन्त्र भएको बताए।

२०७५ जेठ ३ गते एमाले र माओवादीबीच एकता भएर नेकपा गठन भएको थियो।

जेठ ३ को अवस्थामा पार्टीलाई लैजानु भनेको नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित कमिटी भंग गर्नु हो, रावलले भने,जेठ ३ अनुसार बैठक बोलाउने भनेको सर्वोच्च अदालतको फैसला मान्दैनौं, नवौं राष्ट्रिय महाधिवेशनलाई पनि मान्दैनौं र पार्टीलाई एउटा एउटा निहुँ झिकेर फुटतिरै लैजान्छु भनेको हो ।

उनले पार्टी विवाद समाधानका लागि औपचारिक र अनौपचारिक कुनै छलफलसमेत नभएको बताए।

पार्टी एकताका लागि प्रधानमन्त्री एंव एमाले अध्यक्ष केपी शर्मा ओलीको ६ बुँदे प्रस्ताव जालझेल र षडयन्त्रपूर्ण रहेको भनेर आफूहरूले निष्कर्ष निकालिसकेको उनले बताए।

२०७५ जेठ ३ गते तत्कालीन एमालेको केन्द्रीय कमिटी भंग भएर पदाधिकारी नरहेको अवस्था बनिसकेको थियो। उहाँको प्रस्ताव आफैंमा जालझेलपूर्ण छ।

नेकपाका एकता चाहनेहरूलाई आधार बनाएर भन्ने कुरा गरिएको छ, त्यो त्यसै नक्कली कुरा भयो, उनले भने,मातहत कमिटी र सबै जनसंगठनलाई मूलभुत रूपमा भनिएकाले मन लागेकालाई लिने मन नलागेकालाई नलिने भन्न खोजेको हो। एकताको नाममा जालझेल र षडयन्त्रपूर्ण हो। त्यो वक्तव्य एकताको पक्षमा छैन ।

पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले यस विषयमा अध्यक्ष ओलीसँग दुई,दुई पटक आफ्ना कुरा प्रष्टसँग राखिसकेको उनले बताए। यस विषयमा ओली पक्षबाट सकारात्मक धारणा नआएको रावलको भनाइ छ।

गत फागुन २३ गते अदालतको फैसलबाट भंग भएको कुरालाई तत्परताका साथ लागू गर्नुभयो। लागूमात्रै होइन की गत फागुन २८ गते आफ्नो गुटको बैठक गरेर नवौं राष्ट्रिय महाधिवशेनबाट निर्वाचित केन्द्रीय कमिटीलाई भंग समेत गर्नुभयो, रावलले भने,पार्टी विधानविपरीत उहाँहरूले धेरै काम गर्नुभएको छ।

सर्वोच्च अदालतले दसौं महाधिवेशन आयोजक कमिटीलाई अवैध ठहर्‍याएर केन्द्रीय कमिटी भनेको नवौं राष्ट्रिय महाअधिवेशनबाट निर्वाचित मात्रै हुनसक्छ भन्ने स्पष्ट हुने गरिकन भनेको कुरालाई त्यसप्रति सकारात्मक धारणा राख्नुको सट्टा उहाँहरू पुनरावलोकनमा जान खोज्दै हुनुहुन्छ ।

ओली पक्षले सर्वोच्च अदालतको निर्णयलाई मान्दैनौं भन्नेखालका विचार सार्वजनिक गरिरहेको भन्दै एमाले उपाध्यक्ष रावलले नेकपा एमालेलाई एकतावद्ध गरेर लैजानेमा आफूहरू विश्वस्थ हुन नसकेको बताए।

फागुन २३ यताका अवैध निर्णयलाई खारेज र त्यसमा विश्वसनीय ढंगले उहाँहरू जानु हुन्छ कि जानु हुँदैन त्यो कुरा व्यवहारमा हेर्न बाँकी छ, उनले भने,बैठकबारे कसरी आउँछ, के आउँछ प्रष्ट नभई त्यसमा यसै टिप्पणी गर्नु हतार हुन्छ। त्यसमा मेरो केही टिप्पणी छैन ।

यसअघि ओलीनिकट नेता तथा एमाले प्रवक्ता प्रदीप ज्ञवालीले खनाल नेपाल पक्षलाई समेत सहभागी गराउने गरी स्थायी कमिटी बैठक बोलाउने तयारी भइरहेको बताएका थिए।

१,असार.२०७८,मंगलवार १३:२० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्